रकम तिर्न नसक्दा अस्पतालमै अलपत्र



Download our app to get more features

रुपन्देही, १८ चैत । उपचारमा लागेको खर्च तिर्न नसक्दा जाजरकोटकी एक महिला चौराह अस्पतालमा अलपत्र छिन् । पजारु ९ की कल्पना रोका साताअघि डिस्चार्ज भए पनि अस्पतालमै बस्न बाध्य छिन् । उनी फागुनको पहिलो साता घाँस काट्न जाँदा भीरबाट लडेर घाइते भएकी थिइन् । 

पति राजेन्द्र रोकाका अनुसार छाती, पेट र टाउकामा गम्भीर चोट लागेकी उनलाई सुरुमा नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि बुटवल रेफर गरिएको हो । चौराह अस्पतालमा कमलाको टाउकाको शल्यक्रिया भएको थियो । अस्पतालले आईसीयू र औषधिको गरी २ लाख १२ हजार ४ सय ९८ रुपैयाँको बिल दिएको छ । 

उपचारका लागि रकम लिएर आएका कान्छा ससुराको बस दुर्घटनामा परी मृत्यु भएपछि उनी थप संकटमा परिन् । राजेन्द्रका अनुसार भेडा बेचेर ३ लाख रुपैयाँ लिएर आएका वीरबहादुरको अघिल्लो साता जाजरकोट बस दुर्घटनामा परी मृत्यु भएको थियो । ‘अब ऋण पत्याउने पनि कोही छैन,’ उनले भने । अस्पतालका संयोजक सुन्दर पोखरेलले ३ लाख ६० हजार रुपैयाँ खर्च लागे पनि केही रकम छुट दिएको बताए । 

त्यसमध्ये शल्यक्रियाका लागि करिब ८० हजार रुपैयाँ बराबरको औषधि डा. केआई सिंहले सहयोग गरेका हुन् । यसैबीच दाह्री सहयोग ग्याङले रोकालाई घर फर्काउनका लागि सहयोग संकलन थालेको छ । बुधबार ग्याङले १ लाख ८९ हजार ४ सय १७ रुपैयाँ आर्थिक सहयोग गरेको संयोजक सुरज क्षत्रीले बताए । 

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2017-06-18 17:28:50

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts