शल्यक्रियामा एनेस्थेसियाको महत्व
शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाइन्छ । बिरामीको अवस्था, आन्तरिक अंगको चलायमान स्थिति, बिरामीको विगतजस्ता कुरा अध्ययन गरी बेहोस बनाइने गरिन्छ । बेहोसी बनाउनु सामान्य नभएर पनि बिरामीलाई कम असर हुने गरी शल्यक्रियापछि पहिले कै अवस्थामा ल्याउनु महत्वपूर्ण हुन्छ । शल्यक्रियाको अवस्थामा औषधिको सहायताले मानिसलाई नदुख्ने तथा अचेत बनाउने, मांसपेशीलाई संवेदनाशून्य बनाउने र शल्यक्रिामा गरिएका सम्पूर्ण क्रियाकलाप थाहा नहुने बनाउनुपर्छ । त्यस्तै, शल्यक्रिया गरिसकेको निश्चित समयपछि पुनः होसमा ल्याउनुपर्छ । यसरी शल्यक्रिया अवधिभर बेहोसब नाएर शल्यक्रियापछि पुनः पहिलेकै अवस्थामा ल्याउने चिकित्सा पद्धतिलाई एनेस्थेसिया भनिन्छ ।
एनेस्थेसिया गराउँदा
एनेस्थेसिया बिरामीको सहजताका लागि गरिने बेहोसीपन हो । जसमा बिरामी अचेत हुन्छन्, सम्झना हुँदैन, शल्यक्रिया गर्दाको पीडा हुँदैन र मांसपेशी चल्दैन । यस्तो बेहोसीपनाको उदेश्य बिरामीलाई खतरा कम गराउनु हो । नदुख्ने बनाउन, बिरामीलाई थाहा नहुने बनाउन, मान्छेलाई अचेत या चल्न नसक्ने बनाउन, शरीरलाई असामानय प्रतिक्रिया जनाउन नसक्ने बनाउन एनेस्थेसिया आवश्यक हुन्छ । त्यस्तै, शल्यक्रियापछि होसमा आउँदा शल्यक्रिया गर्दै गर्दा भएको क्रियाकलाप थाहा नहुने पनि बनाइन्छ ।
एनेस्थेसिया गर्नुअघि
चिकित्सकले बिरामीको मुुटु, फोक्सो मिगौँला, तथा दिमागको अवस्था राम्ररी अध्ययन गर्नुपर्छ । त्यसका साथै त्यसअघि प्रयोग गरेको औषधि र त्यसको असरको अध्ययन गरिन्छ । जटिल खालको शल्यक्रिया गरेको बिरामीमा कृत्रिम श्वासप्रश्वास गराइएको हुन्छ र फोक्सोलाई अचल बनाइएको हुन्छ । त्यस्तै, मस्तिष्क र मुटुलाई पनि निश्चित मात्रामा चल्ने बनाइएको हुन्छ । ती सबै प्रक्रियालाई पुनः पहिलेकै अवस्थामा ल्याउनु चुनौतीपूर्ण हुन्छ । औषधिको राम्रो कम्बिनेसन मिलाएर मात्र ती सबैलाई पुनः पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने चुनौती हुन्छ । यी सबै काम एक एनेस्थेसियाको चिकित्सकले मात्र गर्न सक्छ ।
मानिसलाई बेहोस गराउन जसले पछि सक्छ, तर उसलाई पहिलेकै अवस्थामा ल्याउनु महत्वपूर्ण कुरा हो । एनेस्थेटिस्टलाई शल्यक्रियापछि बिरामीलाई चाँडोभन्दा चााडो कसरी हिँडाउन सकिन्छ भन्ने चिन्ता हुन्छ र सोहीअनुसार बेहोस बनाइएको हुन्छ । त्यससँगै शल्यक्रियाका वेला बिरामीको शरीरमा अक्सिजनको मात्रा, मुटुको गति र प्रवृत्ति (इसिजी), रक्तचाप, तापक्रम, शरीरमा पानीको मात्रा, पिसाब बनेको मात्रा, मांसपेशीको गतिहिनातको मूल्याकंन गरी तल–माथि भए वा विषम परिस्थिति आएमा सोहीअनुसारको औषधि र विधिको प्रयोग गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि पनि बिरामीको नियमित निगरानी गर्नुपर्ने हुन्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>