हातगोडा किन बाउँडिन्छ ?
१. शरीरमा पोटासियमको कमी हुँदा हातगोडा बाउँडिने, मासु फर्कने समस्या निम्तिन्छ । यसबाट बच्न केरा, पात भएका तरकारी, ड्राई फुड्स खानु फाइदाजनक हुन्छ ।
२. शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले पनि खुट्टा बाउँडिने समस्या देखापर्छ ।
३. बसाइ नमिल्दा शरीरकाको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । जसकारण मासु बाउँडिने गर्छ ।
४. शरीरमा रक्तसञ्चार राम्ररी नभए पनि मांसपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
Last modified on 2017-06-19 12:56:26
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>