जानी राखौं, ‘सन्सक्रिम’ ले विर्यशक्ति घट्न सक्छ !
काठमाडौं, ७ वैशाख । सूर्यले फ्याँक्ने हानिकारक किरण रोक्ने क्रिम धेरैसमयसम्म लगाइरहनाले गर्भदान गर्ने शक्ति कम हुने एक अध्ययनले देखाएको छ ।
२९ वटा अल्ट्राभ्वाइलेट फिल्टर गर्ने क्रिमहरु नियमित प्रयोग गर्नेहरु माझ शोधकर्ताहरुले गरेको अनुसन्धानबाट यस्तो खुलासा भएको हो ।
कम वीर्य भएका पुरुषहरुको एक समुहलाई जाँच्दा उनीहरुले नियमित रुपमा सौन्दर्य प्रशाधनका विभिन्न क्रिमहरु प्रयोग गर्ने गरेको पाइएको थियो । गत ५० वर्षमा विश्वभर नै वीर्यको संख्या घट्दै गएको पनि उक्त अध्ययनले देखाएको छ ।
विश्वविद्यालयको इन्डोक्रोनोलजिस्ट निल्ज स्काकेबेकले गरेको अध्ययनबारे बोस्टनमा प्रतिवेदन पेश गरिएको थियो । तर उनको तथ्य प्रकाशित हुन बाँकी छ ।
स्काकेबेकका अनुसार ‘परावैजनी किरण रोक्न जुन किसिमका रसायन प्रयोग गरिन्छन् त्यसले स्वास्थ्यमा निकै असर पार्छ, खासगरी शुक्रकीट निर्माणमा गम्भिर असर पु¥याउँछ, ।’
अमेरिका र युरोपमा पाइने ३१ मध्ये २९ वटा क्रिममा यस्तो किसिमको समस्या पाइएको जनाइएको छ । स्काकेबेकले भने, ‘पछिल्लो समय निःसन्तान हुने समस्या पनि परावैजनी किरण रोक्न प्रयोग गरिने क्रिम नै हो, तर यसमाथि धेरै ध्यान गएको देखिदैन ।’
त्यस्ता क्रिम छालामा लगाउँदा छालाले क्रिममा भएका तत्वहरुलाई सोस्ने गर्छ । सोसिएका तत्वहरु रगतमा मिसिन्छन् र रगतबाट नै वीर्य बन्ने हुनाले हानिकारक तत्वहरुले असर पु¥याएको अनुसन्धानकर्ताको दावी छ ।
– नागरिकबाट साभार
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।