घाइतेको उपचारमा आर्थिक समस्या



Download our app to get more features

बाँके, ४ गते । कञ्चनपुर गोली काण्डका घाइते बेलौरी ६ शान्तिपुरका ३३ वर्षीय टीकाराम चापागाईंको उपचारमा आर्थिक अभावले समस्या भएको छ । 

उनलाई नेपालगन्जस्थित वेस्टर्न अस्पताल भर्ना गरिएको छ । कञ्चनपुर प्रशासनले उपचारका लागि सरकारी सहयोगको आश्वासन दिए पनि हालसम्म नपाएको पीडित परिवारको गुनासो छ । 

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बन्दुकको कुन्दाले हिर्काउँदा उनको दायाँ पखुरा भाँच्चिएको छ । करङमा गम्भीर चोट छ । टीकारामकी पत्नी सविनाले उपचारको आश्वासन पाए पनि प्रशासनका कोही पनि सम्पर्कमा नआएको बताइन् । 

‘सबै उपचार सरकारले गर्ने भनियो । तर, हाल औषधि किन्न पैसा अभाव छ,’ उनले भनिन्, ‘सरकारले दिएको आश्वासन पूरा गर्नु र्पयो ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले कञ्चनपुर घटनाका घाइते चापागाईंको उपचारका लागि अस्पताल प्रशासनलाई आग्रह गरेको बताए । तर, औषधि खरिदका लागि कञ्चनपुर प्रशासनबाटै रकम आउनुपर्ने उनको भनाइ छ । ‘घाइतेको अवस्थाबारे अस्पतालका चिकित्सकबाट जानकारी लिइरहेका छौं,’ उनले भने, ‘भाँच्चिएको ठाउँमा प्लास्टर गरेपछि डिस्चार्ज गर्ने जानकारी अस्पतालबाट पाएको छु ।’ 

घाइते चापागाईंलाई उपचारका लागि फागुन २६ गते नेपालगन्ज ल्याइएको हो । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको खबर सुनेपछि उनी सीमामा नेपाली झन्डा गाड्न पुगेका थिए । आफ्नै भूमिमा नेपालको झन्डा गाड्ने क्रममा एसएसबीले बन्दुकको कुन्दाले हिर्काएर गम्भीर घाइते बनाएका हुन् । 

नेपाली भूमिमा कल्भर्ट निर्माण गर्ने क्रममा एसएसबी र नेपाली नागरिकबीच झडप हुँदा गौतमको मृत्यु भएको थियो ।
 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)

Last modified on 2017-06-19 15:49:33

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts