मधुमेह भएकालाई हृदयघातको जोखिम बढि (भिडियो सहित)



Download our app to get more features

धुमेह वा चिनी रोगले धेरैलाई सताएको छ । विभिन्न सर्वेक्षण अनुसार यो रोगका बिरामी संसारभरीनै बढीरहेका छन् । यो रोग लाग्ने कारण र बच्ने उपाय बारे मधुमेह तथा थाइराइड विशेषज्ञ डाक्टर दिपेन्द्र कार्कीले सुझाब दिएका छन् । उनका अनुसार मधुमेह भएकालाई मिर्गौला रोग, थाइराइडका साथै हृदयघात हुने जोखिम पनि बढि हुन्छ । 

रगतमा चिनीको मात्र आवश्यक्ता भन्दा बढी हुुनु नै मधुमेह वा चिनी रोग हो । समान्यतया रगतमा सुगर खाली पेटमा १०० भन्दा कम र खाना पछि १४० सम्म हुनुपर्छ । रगतमा यो भन्दा बढी सुगर देखियो भने चिनी रोग लाग्छ ।

खाएको खाना ग्लुकोजमा परिणत हुन्छ र इन्सुलिन मार्फत रगतमा मिसिन्छ । तर कहिलेकाँही विभिन्न कारणले प्यान्क्रियाजले आवश्यक्ता भन्दा कम इन्सुलिन उत्पादन गर्दा ग्लुकोज रगतमा सहजै घुल्न पाउँदैन र चिनी रोग देखा पर्छ । 

मधुमेह हुने मुख्य कारण :
१.बढी तौल ।
२.बढी चिल्लो, मसलादार खानेकुरा तथा जंकफुड खानु ।
३.उच्च रक्तचाप ।
४.शारीरिक कसरत नगर्नु वा कम गर्नु ।
५.मद्यपान तथा धुम्रपान ।
६.वंशाणुगत गुण ।

मधुमेहका लक्षण :
१.तौल बढ्नु ।
२. पिसाव छिटो छिटो लाग्नु ।
३.भोक धेरै वा थोरै लाग्नु ।
४. हात खुट्टा झम्झमाउनु ।
५.कमजोरीको महसुश हुनु, थकाई लाग्ने हाईहाई आउने, आलस्य हुुने । 

धेरै मानिसको सोचाई छ की मधुमेह ४०, ५० वर्षका मानिस र शहरी क्षेत्रका मानिसलाई मात्र हुन्छ । तर त्यसो हैन यो रोग जुन सुकै उमेर, लिंग र क्षेत्रका मानिसलाई हुन सक्छ । यद्यपी ग्रामीण क्षेत्रका मानिसको तुलनामा शहरी क्षेत्रका मानिसलाई अलि बढी देखिन्छ । कारण विलासी जीवनशैली र अस्वस्थ खानपान ।

मधुमेह भएका व्यक्तिमा यस्ता रोग लाग्ने संभावना प्रवल रहन्छ :
१.थाइराइड 
२.मिर्गौला सम्बन्धी रोग 
३.हृदयघात 
४.पक्षघात 

मधुमेहबाट बच्ने उपाय :
१.तौल नियन्त्रण गर्ने ।
२.नियमित व्यायाम गर्ने ।
३.चिल्लो, मसलादार, गुलियो, बोसोयुक्त मासु, बढी गुलियो, कार्बोहाइडेट बढी भएका खानेकुरा नखाने ।
४.शरीरलाई सधै चलायमान राख्ने 
५.सिजन अनुसारका फलफुल तथा हरियो सागपात खाने ।
६. धुम्रपान तथा मद्यपान नगर्ने ।
७.उच्च रक्तचापलाई नियन्त्रणमा राख्ने ।

यो रोग दीर्घ रोग हो । एक पटक लागे पछि पूर्ण रुपमा कहिलै ठीक हुदैन । त्यस कारण पनि यो रोग लाग्न नदिन हरसम्भव सचेत हुनु पर्छ । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त चिकित्सककोमा परीक्षण गराउनु पर्छ । रोग लागि हाले चिकित्सकको सल्लाह बमोजिम नियमित औषधि सेवन गर्नु पर्छ ।

भिडियो हेर्नुस् ।

Last modified on 2017-03-14 07:59:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts