रङको पर्व होलीमा कसरी जोगाउने छाला
रङको उत्सव होली पहाडमा भोली र मधेशमा सोमबार गरी नेपालमा दुई दिनसम्म उल्लासपूर्वक मनाइँदै छ ।
यो पर्वलाई अत्यधिक आनन्द उठाउने गरी मनाउनुपर्छ । नत्र यसले दिन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता कम छैन । कृत्रिम रङ, अबिर र लोला लगायतको उपयोग गर्ने गल्ती गर्न हुन्न । यसमा सावधान नभए आफूलाई या अरूलाई हानि–नोक्सानी हुन सक्छ ।
प्राचीन कालमा फूल, पात, वनस्पती आदिबाट रङ बनाइन्थ्यो । त्यही भएर होलीबाट शारीरिक हानि–नोक्सानी होला भन्ने हुँदैनथ्यो, खासै नकारात्मक प्रभाव पर्दैनथ्यो ।
अचेल रङमा रङमा खतरनाक रसायन प्रयोग हुने गर्छ । त्यसैले होली खेल्दा रङरअबिर मुख, आँखा र कानभित्र जान दिनु हुँदैन । रङ छरेका ठाउँमा पनि चनाखो हुनुपर्छ, श्वासका माध्यमले फोक्सोमा नजाओस् भनेर ।
होली खेल्दा सामान्यतः छालामा सबैभन्दा बढी समस्या हुने गर्छ । छाला पोल्ने, छालाको रङ बदलिने, सुक्खा हुने, पिल्सिने आदि हुन सक्छ । धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, रङ बढी उपयोग गर्दा छाला सुक्खा हुने समस्या देखिन्छ ।
रङ दल्दा विभिन्न रसायन छालाको भित्री सतहमा पुग्छन् र छालामा नोक्सान पुग्छ । छालामा बिमिरा देखिने, एक्जिमा, एलर्जी, डाबरजस्ता समस्या हुन सक्छ । डन्डीफोर वा छालाका विभिन्न प्रकारको समस्या भएकाहरूका लागि त रासायनिक रङको प्रयोग आगोमा घ्यू हालेबराबर हुन्छ ।
‘यसैले हामीले पनि सकेसम्म पुर्खाहरूले होली खेल्दा उपयोग गरेका प्राकृतिक रङ नै प्रयोग गर्नुपर्छ,’ डा. कर्ण भन्छन् ।
होलीमा उपयोग गरिने रङमा धेरै बढी मात्रामा ओइल कलर, रसायन, विषाक्त पदार्थलगायत नोक्सानी र्पुयाउने विभिन्न तत्त्व हुन्छन् । हाल पाइने कृत्रिम रङमा माटो, चुन, सिसा, अभ्रख, मर्करीजस्ता हानिकारक तत्त्व मिसिएको हुन्छ । यिनले छालामा घाउ उत्पन्न गरेर विभिन्न प्रकारका संक्रमण र विषाक्तताको सम्भावना बढाउँछन् ।
कतिसम्म भने, अचेल होलीताका बजारमा पाइने सस्ता रङरअबिर खेतमा उपयोग गरिने रासायनिक मलले समेत बनाउने गरिएको दाबी भारतका विभिन्न मिडिया रिपोर्टहरूमा गरिएको डा. कर्ण बताउँछन् । होलीमा रासायनिक रङको उपयोग हाम्रो स्वास्थ्यका लागि निकै जोखिमपूर्ण रहेको औँल्याउँदै उनी थप्छन्, ‘या प्राकृतिक रङको प्रयोग गर्नुस्, या त अन्य रङ उपयोग गर्दा सुरक्षाका थप उपाय अपनाउनुस् । यही बुद्घिमानी हो ।’
होली खेल्दा शरीरको धेरैजसो भाग छोपिएको लुगा लगाउनुपर्छ । यसो गर्दा छाला रासायनिक रङरअबिर आदिबाट केही मात्रामा भए पनि जोगिन्छ ।
हामीले अचेल होली खेल्नेहरूले विभिन्न खाले टोपी लगाएको देख्ने गरेका छौं । रमाइलोकै लागि भए पनि यस्तो टोपी लगाउँदा रङरअबिरबाट शरीरको रक्षा हुने गर्छ, टाउकोरकपालमा हानि पुग्नबाट जोगिन सक्छ । होली खेल्नुभन्दा एक दिनअघि शरीरमा तेल वा मोइस्चराइजर लगाउनु पनि थप क्षतिबाट जोगिने अर्को राम्रो उपाय हो । छालाको बाहिरी तहमा फैलिएको तैलीय पदार्थले गर्दा रङ छालाको भित्री भागमा प्रवेश गर्न पाउँदैन । कुनै पनि रङले छालामा क्षति र्पुयाउने गर्ने भएकोले होली खेलेको एक सातासम्म छालामा मोइस्चराइज लगाउन बिर्सनुहुन्न ।
(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>