रगतमा देखा पर्ने रोगबाट कसरी बच्ने ? (भिडियोसहित)



Download our app to get more features

काठमाण्डौं, ६ वैशाख । दिनहुँ बढिरहेको वातावरण प्रदुषणसँगै मानिस विभिन्न रोगको सिकार भइरहेका छन् । पछिल्लो समय कतिपय मानिसमा रगतमा देखा पर्ने रोग मध्ये रक्तअल्पता प्रमुख समस्याको रुपमा आइरहेको छ ।
रक्तअल्पता हेमोग्लोबिनको कमिले हुने रोग हो । रगत रोग विशेषज्ञ डा.अजयकुमार झाका अनुसार रगतमा देखा पर्ने रोगका कारण बिरामीको अनुहार सेतो हुन्छ । त्यसैगरी चाँडै थकाई लाग्ने, शरीरका विभिन्न भागमा निलडामहरु देखापर्ने, चाँडै बेहोस हुन खोज्ने जस्ता लक्षणहरु देखा पर्छन् । रक्तअल्पता विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलालाई देखापर्ने गरेको डा.झा बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार रगतमा देखापर्ने रक्तअल्पता एक सय जनामध्ये ६० देखि ७० जनालाई हुन्छ । वातावरण प्रदुषण, धुलो धुवाँ र भिटामिनयुक्त खानाको कमिले रगतमा देखापर्ने रोग बढिरहेको चिकित्सकहरुको भनाई छ ।
रगत हरेक जिवित प्राणीको शरीरलाई अत्यावश्यक हुन्छ । चिकित्सकहरुका अनुसार एक जना वयस्क व्यक्तिको शरिरमा ६.१ लिटर रगतको आवाश्यकता पर्छ । रगतमा भएका तिनवटा तत्वहरु राता रक्तकोष, सेता रक्तकोष र प्लेटलेट रक्तकोषमा रोग देखापर्छन् ।

रगतबाट लाग्नसक्ने रोगहरुबाट बच्न नियमित सन्तुलित भोजन सेवन गर्नुका साथै हरिया साग सब्जी, रातो मासु, मौसम अनुसारका फलफूल र कुरीलोको सेवन गर्नुपर्छ । त्यसैगरी नियमित व्यायाम गरेर पनि आफूलाई स्वस्थ राख्न सकिने विज्ञहरुके सुझाव छ ।

 

Last modified on 2016-04-19 17:28:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts