ग्राण्डी अस्पतालले गर्यो निःशुल्क हेमोफिलिया परीक्षण शिविर

काठमाण्डौ, ५ बैशाख । विश्व हेमोफिलिया दिवसको अवसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ ।
नेपाल हेमोफिलिया सोसाइटीसँगको सहकार्यमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग र फिजिकल थेरापि बिभागले आयोजना गरेको शिविरमा नेपाल हेमोफिलिया सोसाइटीमा सदस्य रहेका ४८ जना हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरीएको थियो ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अर्थोपेडिक सर्जन डाक्टर भास्करराज पन्तले शिविरमा आएका हेमोफिलिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिए।
त्यस्तै अस्पतालको फिजिकल थेरापि बिभागका प्रमुख राजेश सिंह नेतृत्वको टोलीले हेमोफिलिकहरुलाई हेमोफिलिया मैत्री फिजियो थेरापिवारे परामर्श तथा प्रशिक्षण दिए ।
वंशानणुगत रुपमा हुने हिमोफिलिया रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमीका कारण हुने र जोर्नीहरुमा लामो समयसम्म रगत नरोकिने भएकाले यसले जोर्नी बिगार्ने र समयमा निदान र उपचार नगरेमा यसले अपाङ्ग समेत बनाउन सक्छ ।
पछिलो समयमा नेपालमा पनि हेमोफिलियाको उपचार सम्भव छ । आन्तरिक रक्तश्रावले गर्दा मांसपेशी तथा जोर्नीहरुमा उत्पन्न हुने बिभिन्न समस्याको उपचार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपलब्ध भएको अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले जानकारी दिए ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।