बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्नातकोत्तरको भर्ना आवेदन माग

What's This?


Download our app to get more features

धरान, ५ बैशाख । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विभिन्न संकाय तर्फ स्नातकोत्तर तहका लागी भर्ना आवेदन खोलेको छ । 
प्रतिष्ठानले आइतवार सूचना प्रकाशित सन् २०१६को स्नातकोत्तर तह अध्यापनका लागि एम.डी एम.एस, डी.एम, एम.सी.एच, एम.डी.एच.ए, एम.डी.एसको भर्ना खोलेको हो । त्यस्तै नर्सिङ तर्फ एम.एनको पनि आवेदन खुलाएको छ । त्यस्तै जनस्वास्थ्य तर्फ एम.पी.एचका साथै इमरजेन्सी मेडिसिन तर्फपनि फेलोसिपको भर्ना आवेदन माग गरेको छ । 


यसमा सम्बन्धित संकायमा स्नातक वा सो सरहको योग्यता भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदन फर्म १६ मई सम्म बुझाउन सकिने प्रतिष्ठानले निकालेको सूचनामा उल्लेख गरिएको छ । भर्ना आवेदनको फर्म बुझाउन नेपाली नागरिकले ५ हजार, भारतीयले ८ हजार र अन्य विदेशीले करिब ८ हजार ५ सय बुझाउनु पर्नेछ । आवेदन दिएकाहरुको प्रवेश परिक्षा ४ जुनदेखि ९ जुन सम्म हुने सूचनामा उल्लेख गरिएको छ । 
 

Last modified on 2016-04-17 17:48:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts