थाइराइड क्यान्सर भएकालाई खुशीको खबर !! थाइराइडको ट्यूमर क्यान्सर होइन  

What's This?


Download our app to get more features

एजेन्सी, ५ वैशाख । क्यान्सर उपचारमा चिकित्सकहरुले नयाँ तथ्य फेला परेको जनाएका छन् । यसअघि क्यान्सरको रुपमा वर्गिकृत गरेको एक प्रकारको ट्युमरलाई क्यान्सरको उपचार गर्न नपर्ने अनुसन्धानबाट तथ्य फेला परेको न्युर्योक टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।  

चिकित्सकहरुको अन्तर्राष्ट्रिय टोलीले अमेरिकामा गरेको अध्ययन अनुसार थाइराइडलाई क्यान्सरको जस्तै रेडियोएक्टिभ आयोडिन जस्ता विशेष प्रकारका किरणको माध्यमबाट उपचार गर्न नपर्ने तथ्य पत्ता लागेको हो । साथै अब बिरामीको थाइराइड काटेर फाल्न नपर्ने पनि उनीहरुको प्रतिवेदनमा उल्लेख छ । 

चिकित्सा क्षेत्रमा आएको पछिल्लो तथ्यसँगै स्तन र प्राटेस्टलगायत यस्तै प्रकृतिका अन्य क्यान्सरको पनि पुन वर्गिकरण गर्नुपर्ने आवाज उठ्न थालेको छ । उनीहरुको नयाँ तथ्यसहित पुन वर्गिकरण गरेको ट्युमर थाइराइडमा हुने एउटा सानो मासुको डल्लो हो जसलाई फाइबरयुक्त तन्तुले चारैतिरबाट घेरेर सुरक्षित राखेको हुन्छ । 

‘फाइबरयुक्त तन्तुले घेरेको डल्लो न्युक्लियस क्यान्सरजस्तो हुन्छ तर तन्तुहरुको क्याप्सुलबाट भने छुटेको हुँदैन ।’ अध्ययनमा संलग्न टोलीले भनेको छ, ‘त्यसैले रेडियो एक्टिभ आयोडिनद्धारा यसको उपचार गर्न आवश्यक छैन ।’ 

उनीहरुले ट्युमरलाई एअआइएफटिपी भनेर पुन नामाकरण पनि गरेका छन् । विज्ञहरुको अनुसार धरै अघिदेखि नै क्यान्सरको वर्गिकरण गर्नुपर्ने आवाज उठिरहेको थियो । वर्षौंदेखि स्तनमा देखिएका साना चोटहरुलाई पनि क्यान्सरको वर्गिकरणबाट हटाउनुपर्ने आवाज उठिरहेको थियो । 

‘हामीले परिभाषित गरेको क्यान्सरमा ट्युमरको बारेमा चौतर्फी चासो थियो ।’ 
नेसनल क्यान्सर इन्स्टिच्युट अमेरिकाका निर्देशक बर्नेड एस क्रामरले भने, ‘तर थाइराइडका बिरामीको यसअघि नै सहज ढंगबाट उपचार थालिएको थियो ।’

दुई वर्षअघि युनिभर्सिटी अफ पिटर्सवर्गको प्याथोलोजीमा कार्यरत डा. युरी इ. निकीर्फोभासँग १९ वर्षिय युवतीको थाइराइडको क्यान्सरको बारेमा धारणा मागेपछि क्यान्सरको पुन वर्गिकरणका बारेमा थप अनुसन्धान थालिएको हो । 

पछिल्लो दशकमा पनि उनले यस विषयमा गहन अध्ययन गरेका थिए । ति महिलामा न्यून तहको ट्युमर भएकाले क्यान्सरको उपचार गर्न नपर्ने अन्य चिकित्सकहरुले सुझाव दिएका थिए । तर, उपचार निर्देशिका अनुसार ती महिलाको थाइराइड ग्रन्थी हटाएर रेडियोएक्टिभ र आयोडिनद्धारा नै उपचार गर्नुपर्ने थियो । 

त्यसलगत्तै उनले थाइराइड विज्ञ, मनोचिकित्सक र अन्य विषयका विज्ञहरुको  अन्तर्राष्ट्रिय भेला गराएर संसारभरबाट नमुना संकलन गरी परीक्षण थालेका थिए ।
उनीहरुले फाइबरजन्य र क्याप्सुल रहेका ट्युमरका बिरामीको नमुना परीक्षण गरेका थिए । परीक्षणका क्रममा उनीहरुले ट्युमर हटाएपछि इनक्याप्सुलेट क्यान्सरका बिरामीको उपचार भने गरेनन् । 

अध्ययनमा क्याप्सुलभित्र ट्युमर रहेका बिरामीमा क्यान्सरको प्रमाण नभेटिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर क्यापसुलबाट ट्युमर भाँचिएका केही केही बिरामीको थाइराइड क्यान्सरको उपचार गर्दा उनीहरुको मृत्यु भएको थियो । 

नेपालमा बिरामीको मृत्यु हुने रोगमध्ये थाइराइड क्यान्सर छैटौं नम्बरमा पर्छ । 
यसअघि थाइराइड पनि क्यान्सरको रुपमा उपचार गर्दा थाइराइड क्यान्सरका सबै बिरामीले राहत पाउने भन्दै सरकारको प्रतिवेदन राम्रो थियो । थाइराइड क्यान्सरको वर्गिकरणबाट हटेपछि भने नेपालमा बिभिन्न क्यान्सरबाट मृत्यु हुने रोगीको संख्या बढ्ने वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको भनाई छ । 

‘क्यान्सरबारे नयाँ तथ्य पत्ता लागेसँगै नेपालमा समग्रमा क्यान्सरबाट मर्ने बिरामीको संख्या बढ्ने निश्चित छ ।’ उनले भने । 
 


 

Last modified on 2016-04-17 22:40:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts