एक हजार जनाको मुटु परीक्षण

What's This?


Download our app to get more features

पाल्पा, ५ वैशाख । दर्लमडाँडा गाविसस्थित दर्लमडाँडा उच्च माविमा सञ्चालित दुईदिने हृदयरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६५ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । 

मनमोहन कार्डियो सेन्टरको शल्यक्रिया विभाग प्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा २० जना स्वास्थ्यकर्र्मीको टालीले स्वास्थ्य परीक्षण गरेको थियो । 

शिविर आएका १९ जना मुटुरोगी र अन्य १४ जना बिरामीलाई उपचारका लागि काठमाण्डौं पठाइएको प्रचार संयोजक भगवान भण्डारीले बताए । अन्य २० जना रोगीलाई पायक पर्ने अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पनि सुझाव दिइएको छ । 

शिविरमा निःशुल्क इको र एसिजीको व्यवस्था गरिएको थियो । 


रासस
 

Last modified on 2016-04-17 15:30:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts