हँसाउने र रुवाउने किन गराउँछ गाँजाले ?



Download our app to get more features

मान्छेको दिमागमा दुई किसिमका रासायनिक तत्व हुन्छ । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (शिथिल) गर्ने । हामीले खाने हरेक चिज पहिले पेटमा पुग्छ र केही बेरपछि  दिमागको सम्पर्कमा आउँछ । अनि आएको चिजअनुसार दिमागका दुई रासायनिक तत्वले प्रभाव पैदा गर्छन् । भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयोभने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।

मस्तिष्कमा क्यानाविनोइड भन्ने रासायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग–अलग क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजा सेवन गरेपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाका धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोल (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ । यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो वेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै ः हाँस्यो भने हाँसेको हाँस्यै गर्ने, रोयो भने रोएको रोयै गर्ने आदि । क्यानाविनोइडले मस्तिष्कको आनन्दको केन्द्र डोपामाइन प्रक्रियालाई पनि प्रभावमा पार्छ । यतिखेर आनन्दको भाव जगाउँछ ।

गाँजा, भाङ, धतुरो तीनै चिज सेवन गरेको सुरुवती समयमा आनन्द पैदा गर्छन् । केही वेरपछि फरक–फरक असर देखाउन थाल्छन् । त्यसैले यस्ता लागुऔषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट) 

Last modified on 2017-06-23 14:21:06

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts