मदिरा नीतिको मदिरा व्यवसायीद्वारा विरोध



Download our app to get more features

काठमाडौँ, १३ फागुन । सरकारले मदिरा नियन्त्रण गर्न कडा कानुन ल्याउने तयारी गरेपछि मदिरा व्यवसायीले त्यसको विरोध गरेका छन् ।

सरकारले राष्ट्रिय मदिरा नियन्त्रण नीति २०७३ हालै मन्त्रिपरिषदबाट पारित गरेपछि नेपालका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघले यो नीति हचुवाको भरमा र व्यवसायीसँगको कुनै पनि छलफलनै नगरी ल्याइएको आरोप लगाएको छ ।

महासंघकले बिहिबार प्रेस विज्ञप्ती मार्फत नीतिमा संशोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष कृष्णप्रसाद नेपालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, यसअघि पनि सरकारले मदिरा नियन्त्रणसम्बन्धी धेरैवटा नीति ल्याएकै हो तर कार्यान्वयन पक्ष के रह्यो ? विज्ञप्तीमा कुल राजस्वमा करिव १७ प्रतिशत हिस्साको योगदान गर्ने मदिराको क्षेत्रलाई पूर्णरुपमा निरुत्साहित पार्नेगरी सरकारले अघि बढ्न नमिल्ने जिकिर पनि गरिएको छ । ४५ हजार मदिरा व्यवसायीलाई प्रभावित पार्नेगरी ल्याइएको नीतिले राष्ट्रलाई के हित गर्ला ? विज्ञप्तीमा भनिएको छ ।

यसैबीच, नेपाल मदिरा व्यवसायी महासंघको आकस्मिकरुपमा बिहिबार बसेको केन्द्रिय समिति बैठकले स्वास्थ्य मन्त्री गगन थापासँग छलफल गरेर समस्या समाधानको पहल गर्ने निर्णय गरेको महासंघका महासचिव विष्णु खड्काले जानकारी दिए ।


(आजको गोरखापत्र दैनिकमा समाचार छ)

Last modified on 2017-06-23 14:21:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts