तपाईँलाई थाहा छ ?कलेजो बिग्रने खास कारण



Download our app to get more features

खाएको खानामा पचाएर शरीरमा पिोषण दिन कलेकाजेले भूमिका खेल्छ । हाम्रो आन्द्राभित्र हुने सम्पूर्ण पाचनक्रिया मिलाउने काम कलेजोले नै गर्छ । कलेजो बिग्रियो भने कब्जियत तथा अपचको समस्या निम्तिन्छ । शरीरमा जन्डिस देखिनु, हातगोडा सुन्निनु,, बान्ता हुनु, कस्वभाविक तौल घट्दै जानुजस्ता लक्षण कलेजो बिग्ग्रिएको संकेत हो । कलेजो बिग्रिएसँगै पाचनक्रियामा गडबडी हुँदा डकार आउने, पेट फुल्ने÷ढुस्स हुने,ग्यास बन्ने समस्या देखि थाल्छ । कहिलेकाहीँ भने लक्षण् नै नदेखिन पनि सक्छ । रक्त परीक्षण गरेर मात्रै कलेजोको अवस्था बुझ्न सकिन्छ । आखिर कलेजो बिग्रिने खास कारणचाहिँ के होला ? कलेजोरोग विशेषज्ञ प्रा.डा.अनिल मिश्र भन्छन् ः

१. पौष्टिक खानाको अभाव कलेजो बिग्रिने एउटा प्रमुख कारणभित्रै पर्छ । पौष्टिक खानाको अभावमा कुपोषण लागेका व्यक्तिको कलेजो बिग्रने सम्भावना बढी हुन्छ । भोकमरीको चपेटमा पर्ने तथा खानपानमा सन्तुलन नमिल्ने हाम्रोजस्तो देशमा यो खतरा बढी रहन्छ ।

२. रगतमा आइरनको मात्रा बढी भयो भने कलेजोमा असर गर्ने सम्भावना अधिक रहन्छ । आइरनको उत्पादन ह्वातै बढ्नुलाई हेमोक्रोमाटोसिस भनिन्छ । यो अवस्थामा कलेजो बिग्रिने गर्छ । हुन त शरीरलाई अत्यावश्यक हेमोग्लोबिन निर्माण गर्न आइरन चाहिन्छ, तर यसको धेरै उत्पादनले भने कलेजोमा हानि पुर्याउँछ । त्यसैले बेला–बेलामा रगतमा आइरनको मात्रा जाँच गराउनुपर्छ । 

३. बिरामी हुँदा औषधि सेवन गर्नुपर्छ । तर, कतिपय व्यक्तिले ओभरडोज औषधि सेवन गर्ने गरेको पाइन्छ । तर, यो काम घातक हुन सक्छ । विशेषगरी, दुखाइ र ज्वरो कम गर्ने औषधि ओभरडोज भयो भने सीधै कलेजोमा असर गर्छ ।

४. अत्यधिक रक्सी सेवनले पनि कलेजो नष्ट हुने प्रमुख कारण हुन सक्छ । नेपालमा अत्यधिक रक्सी पिएर कलेजो बिग्रिने सम्भावना ८० प्रतिशत छ । ठीक मात्रामा सेवन गरे अल्कोहलले औषधिको काम पनि गर्छ । तर, अत्यधिक सेवनले नोक्सानी निम्त्याउँछ ।

५. सुईमार्फत शरीरमा लागुपदार्थ लिने व्यक्तिलाई हेपाटाइटिस बी र सी संक्रमणको सम्भावना अत्यधिक हुन्छ । यतिखेर व्यक्तिको कलेजो खराब हुन्छ । लागुऔषध दुव्र्यसनबाट टाढै रहने या राख्ने गर्नुपर्छ ।

यो पनि

कलेजो पूरै ड्यामेज भएको छैन भने थप बिग्रिनबाट जोगाउन सकिन्छ । अत्यधिक रक्सी सेवनले बिगिँ्रदै गरेको कलेजो पुरानै अवस्थामा फर्काउन सकिन्छ । औषधिले समस्यालाई समाधान गर्छ । तर, मदिरापान गर्न नछाडे यष जटिल अवस्थामा पुगेमा कलेजो सपार्न सकिँदैन । धागोको रेसाजस्तो कडा हुने अर्थात् फ्याब्रोसिस अवस्थामा पुगेपछि कलेजोलाई उसको क्रममा फर्काउन गाह्रो हुन्छ । यद्यपि, केही समयका लागि रोकथाम भने गर्न सकिन्छ । कसैको कलेजोको थोरै माग काटेर अर्को व्यक्तिलाई दिन पनि सकिन्छ । स्वस्थ कलेजो कािटएको भागबाट पलाउँदै जान सक्छ ।


-(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-23 14:28:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts