मानसिक रोगको नयाँ उपचार विधि रेकी
जापानका गुरु मिकाउ उसुईँले प्रतिपादन गरेको रेकी उपचारले मानिसको शारीरिक, मानसिक, भावनात्मक रोगहरुलाई जरैबाट निर्मूल बनाउन सक्छ । ब्रह्माण्डमा रहेको चेतनायुक्त जीवनशक्तिलाई बढी मात्रामा हम्रो शरीरमा प्रवेश गरायौँ भने हामी पूर्ण रुपमा स्वस्थ हुन सक्छौँ । यसले आत्माबाट आउने उर्जाको रोकावट खोलिदिन्छ र मानिसको शरीरमा उर्जा पर्याप्त रुपमा हुन्छ । सबै मानिसमा प्राकृतिक रुपमा हुने रेकी उर्जा कडा परिश्रम, अनिद्रा, तनाव, असन्तुलित भोजनजस्ता कारणले कम हुन सक्छ । जसले गर्दा हामीलाई रोग लाग्छ । यसले शारीरिक मात्र नभएर मानसिक र भावनात्मक तहमा पनि कार्य गर्छ । रेकीले बिस्तारै रोगको मूल जडलाई निमिट्यान्न बनाइदिन्छ । यसलाई शब्दबाट भन्दा पनि अनुभवबाट थाहा पाउन सकिन्छ ।
रेकीका फाइदा
रेकीले रोग लाग्नुभन्दा अगाडी मूल स्रोतलाई नै उपचार गर्दै जान्छ । त्यसपछि विस्तारै रोग जरैदेखि निको हुन्छ । रेकीले हाम्रो मन, भावना हुँदै शरीरको उर्जाको बहावलाई सन्तुलित बनाई स्वस्थ बनाउँछ । तर, रेकीले औषधि आएजस्तै तुरुन्तै असर देखाउँदैन । रोगको प्रकृति, गहिराइअनुसार समय लाग्छ । रोगीमा धैर्यको खाँचो हुनु पनि आवश्यक छ ।
► निद्रा नलाग्ने समस्या
► डर, आत्मविश्वासको कमी
► जुनसुकै शारीरिक दुखाइ
► जुनसुकै शारीरिक रोगहरु
► भावनात्मक, मनोशारीरिक रोगहरु
रेकी विधि
अत्यन्त सरल विधि रेकी सिक्न उमेर, शिक्षा, भाषा केहीको असर गर्दैन ।रेकीको सुरुवातमा रेकी मास्टरसँग प्रशिक्षणका साथै दीक्ष (रेकी उर्जासँग जोड्ने क्रिया) लिनु आवश्यक हुन्छ । त्यसपछि नियमित अभ्यासपश्चात् हाम्रा दुवै हत्केलामा रेकी उर्जा आउन थाल्छ । उक्त रेकी उर्जालाई हत्केलाको माध्यमद्वारा आफूलाई वा अरुलाई छोएर उपचार गर्न सकिन्छ । रेकीको राम्रो अभ्यासपछि संसारको जुनसुकै कुनामा बसेका मानिसलाई नछोएर नै उर्जाको प्रक्षेपण गर्न सकिन्छ ।
वैज्ञानिक धारणा
वैज्ञानिकहरुले पनि रेकी उर्जाको बारेमा धेरै अध्ययन–अनुसन्धान गरेका छन् । अमेरिकाको अस्पातलमा क्यान्सरपीडित भएका केही बिरामीलाई केमोथेरापीसँगै रेकी हिलिङ गर्दा बिरामीले धेरै राम्रो अनुभव गरेको रिपोर्टमा उल्लेख छ । जसबाट बिरामीमा पीडिाको कमी, निद्रामा सुधार, खानामा रुचि देखिएको छ । अमेरिकामा रसियन इन्जिनियर क्रिलियनले आभा मण्डल खिच्ने क्रिलियन क्यामेरा पत्ता लगाएपछि रेकी उर्जाको झन् महत्व बढेको छ । जुन क्यामेराले रेकीको बहाव, गुणस्तरका साथै रेकी दिनुअघि र पछिको अवस्था सजिलै थाहा पाउन सकिन्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
1 Comments
-
The truth just shines thgourh your post
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>