आइसीयू भ्यानसहित वयोधा पुग्यो कीर्तिपुर मैदान 



Download our app to get more features

काठमाण्डौं, ४ वैशाख । आइसिसी विश्व क्रिकेट च्यापियन्सलिग अन्तर्गत नेपाल र नामिबियाबीच कीर्तिपुरको त्रिवि  मैदानमा जारी खेलमा बल्खुस्थित बयोधा अस्पतालले मेडिकल सपोर्ट गरेको छ । 


खेलमा सहभागी खेलाडी, व्यवस्थापक तथा सुरक्षाकर्मीलाई आकस्मिक र गम्भीर उपचारको आवश्यक्ता पर्न सक्ने भएकाले आइसियू भ्यान सहितको टोली मैदानमा खटाएको अस्पतालले जनाएको छ । मैदानमा बयोधा अस्पतालबाट चिकित्सक, नर्ससहित सहित १२ जना स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको अस्पतालका इमर्जेन्सी मेडिकल सर्भिस म्यानेजर सगुन कायस्थले जानकारी दिनुभयो । अस्पतालले शनिवार र सोमवार हुने दुवै खेलमा मेडिकल सपोर्ट गर्ने भएको छ ।  यो त्रिवि मैदानमा तीन वर्षपछि भएको अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता हो । 

Last modified on 2016-04-16 15:04:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts