चितवनमा 'स्मार्ट दम्पत्ति' अभियान प्रभावकारी

What's This?


Download our app to get more features

चितवन, ४ बैशाख । परिवार नियोजन शिक्षालाई युवामाझ पु¥याउन स्वास्थ्य मन्त्रालयले अमेरिकी विकास नियोगको सहयोगमा परिवार नियोजन सञ्चार अभियान अन्तर्गत ल्याएको स्मार्ट दम्पती अभियान चितवनमा प्रभावकारी रुपमा अघि बढिरहेको छ ।

प्रविधिको विकाससँगै हरेक कुराहरु स्मार्ट बन्दै गइरहेका बेला यो अभियानले नयाँपुस्ताको ध्यान आकर्षण गर्न सफल भएको छ । यो अभियान चितवनका १० गाविसहरुमा सञ्चालनमा रहेका छन् । यो अभियानबाट आफूहरुलाई परिवार नियोजन सम्बन्धी उचित शिक्षा मिलेको नव दम्पतीहरु बताउँछन् । बिहे गरेको १० महिनामात्र पुगेका एक दम्पतीले यो अभियानमार्फत आफूहरुले बेलैमा परिवार नियोजन र यसका साधनहरुको बारेमा जान्ने मौका पाएको बताए ।

यसबाट आफूहरुलाई बच्चा कहिले पाउने, कति पाउने भन्नेजस्ता परिवारको योजना बनाउन पनि सहज भएको उनीहरुको भनाइ छ । ‘हामीलाई परिवार नियोजनको बारेमा ज्ञान भए पनि यसबारे अझै अन्योलमा थियौँ’ दम्पतीले भने, ‘उचित समयमा स्मार्ट दम्पती अभियानले हामीलाई परिवार नियोजनबारे प्रष्ट बुझ्न निकै मद्दत गरेको छ ।’ 

स्मार्ट दम्पती अभियान चितवनमा हेल्थ क्यापासिटी कम्युनिकेशन एण्ड कोलाबोरेटिभ परियोजनाअन्तर्गत सञ्चालनमा रहेको छ । यसले १५ देखि २५ वर्षसम्मका युवा, दलित, जनजाति तथा पिछडिएका सीमान्तकृत वर्ग र आप्रवासी कामदारहरुलाई लक्षित वर्गको रुपमा लिई कार्य गर्दै आइरहेको परियोजनाका जिल्ला संयोजक जया बुढाथोकीले बताइन् । 

व्यवस्थित परिवार, आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउन परिवार नियोजनको मह¤व रहेकाले स्मार्ट दम्पती अभियानको आवश्यकता रहेको उनले बताइन् । उनका अनुसार प्रजनन उमेरका दम्पतीले नियोजनको साधनको प्रयोग बढाउँदै उपयुक्त, आदर्श परिवार निर्माण र स्मार्ट जीवन जिउनको लागि यो अभियान सञ्चालन आएको हो । ‘परिवार नियोजनका फाइदाहरुलाई उजागर गर्दै दम्पतीलाई परिवारको योजना बनाउन हामी सहयोग गर्ने गर्छौँ’ संयोजक बुढाथाकीले भनिन्, ‘परिवार नियोजन आर्थिक तथा सामाजिक क्षेत्रमा कसरी सहयोग मिल्छ भनेर विशेष गरी हामीले युवाहरुसँग कुराकानी गर्ने गर्छौँ ।’ 

युवा तथा नवविवाहित दम्पतीहरुमा परिवार नियोजनको साधनबारे गलत धारणा रहेकोमा यस अभियानमार्फत त्यस्ता दम्पतीहरुलाई परिवार नियोजनको साधनबारे बुझाउन आफूहरु सफल रहेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार देशभरमा प्रजनन उमेरका मानिसको आधुनिक साधनको प्रयोग दर ४३ दशमलव २ प्रतिशत रहेको छ । यो दर सन् २००६ को तुलनामा १ प्रतिशतले कम हो । साधन प्रयोग गर्ने संख्यामा ह्रास आएकाले नेपालले सहश्राब्दी विकास लक्ष्य हासिल गर्नसमेत कठिनाइ हुने देखिएको हो । 

नयाँ पुस्तामा यस्ता साधनबारे पर्याप्त जानकारी नहुँदा र उपलब्धता कम भएकाले स्मार्ट अभियानको अवधारणा ल्याइएको हो । जसअन्तर्गत हरेक गाविसमा खटिएका साथी सहजकर्ताहरुले विभिन्न स्वास्थ्य संस्था तथा खोप केन्द्रमा आएका आमाहरु तथा नव दम्पतीहरुलाई परिवार नियोजनको बारेमा उचित जानकारी दिने गरेको परियोजनाका फिल्ड सुपरभाइजर खेम बोलखेले बताए । बच्चा जन्मेको ४५ दिनभित्र परिवार नियोजनको बारेमा दम्पतीलाई बुझाउन सके अर्को बच्चा जन्माउने जन्मान्तर बढाउन मद्दत पुग्ने बोलखेको भनाइ छ । 

शुक्रबारको चितवन पोष्ट दैनिकमा हेम रोकाहाले लेखेको समाचार छ । 

Last modified on 2016-04-18 14:54:41

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts