सिलबन्दी स्वास्थ्य संस्था पुन: सञ्चालनमा

What's This?


Download our app to get more features

ललितपुर २७, माघ । स्वास्थ्य मन्त्रालयद्वारा सिलबन्द गरिएका ललितपुरका सबै निजी स्वास्थ्य संस्था पुनःसञ्चालनमा आएका छन् । स्वास्थ्य निर्दे्शिका २०७० अनुरूप मापदण्ड पूरा गरेपछि मन्त्रालयले ती संस्थालाई सञ्चालनको अनुमति दिइएको हो ।

सिलबन्द गरिएका ३० वटै स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरबाट सञ्चालन अनुमति पाएको सूचना अधिकारी हरिओम पोखरेलले बताए । उनले भने, ‘स्वास्थ्य निर्दे्शिका २०७० को मापदण्ड पूरा गर्नेलाई सञ्चालनको अनुमति दिइएको हो ।’ कार्यालय प्रमुख झलक सुवेदी पौडेलका अनुसार जनस्वास्थ्यमा दर्ता हुनुपर्ने अधिकांश संस्था घरेलु तथा साना उद्योग र प्रालिमा दर्ता गरिएको पाइएकाले ती संस्था सिलबन्द गरिएको थियो । उनले भने, ‘तोकिएको जरिवाना तिरेर पुनः सञ्चालनमा आएका हुन् ।’

पोखरेलका अनुसार सञ्चालन अनुमतिका लागि कार्यालयमा २१६ स्वास्थ्य संस्थाले निवेदन दिएका थिए । उनले भने, ‘बाँकी सञ्चालनको प्रक्रियामा छन्, प्रक्रिया पूरा गर्ने्बित्तिकै खुल्नेछन् ।’ उनका अनुसार ५० स्वास्थ्य संस्थाले अनुमति लिन बाँकी छन् भने ३१ मा अझै अनुगमन गर्न बाँकी छ ।

सरकारी नियम मिचेर स्वास्थ्य संस्था सञ्चालन गर्नेलाई मापदण्डभित्र आउन फागुन मसान्तसम्मको समय दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले भने, ‘फागुनभित्र मापदण्ड पूरा नगर्नेलाई सधैंका लागि सञ्चालन अनुमति खारेज गरिनेछ ।’ यो समाचारआजको कान्तिपुर दैनिकमा छापिएको छ । तस्वीर :फाइल

Last modified on 2017-06-25 15:15:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts