जुनसुकै उमेरमा हुन सक्छ हात्तीपाइले



Download our app to get more features

समयमै उपचार गर्न सके हात्तीपाइले रोग निको हुन्छ । सरकारले हात्तीपाइले रोगका लागि निःशुल्क औषधि पनि दिएको छ । समयमै उपचार नगर्नु तथा बेवास्ता गर्नु हात्तीपाइलेले ठूलो समस्या निम्त्याउने प्रमुख कारण हो । एकैदिनको उपचारले पनि हात्तीपाइले रोगबाट जोगाउने बताउँछन्् डा.भीम आचार्य ः

♦  हात्तीपाइले रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुन सक्छ । यो रोग लागेपछि गोडा सुन्निने, अण्डकोष सुन्निने, महिलामा योनि तथा स्तन सन्निने जस्ता लक्षण देखिन्छन् ।

♦  यो रोग परजीवीबाट संक्रमण हुने भएपनि बाहिर लक्षण नदेखिएसम्म व्यक्ति स्वस्थ नै देखिन सक्छ । तर, बाहिर लक्षण नदेखिएसम्म यसको उपचार हुँदैन ।

♦  हात्तीपाइले रोगको औषधि सरकारले विशेष कार्यक्रममार्फत खुवाउने गरेको छ । यसका लागि अल्बेन्डाजोल र ढिइसी चक्की वर्षौदेखि दैनिक प्रयोगमा आइरहेका छन् । चिकित्सकको सल्लाहबमोजिम औषधि खानुपर्छ ।

♦  औषधि सेवन गरेका व्यक्तिको शरीरमा अरु नै रोगको संक्रमण छ भने ज्वरो आएकोजस्तो हुने, रिगंटा लाग्ने, वाकवाकी लाग्नेजस्ता केही लक्षण देखिन सक्छन् ।

♦  हात्तीपाइलेको औषधि सेवनले मानिसको शरीरमा रहेका जुका, चुर्ना, अंकुसे जुका मर्ने तथा बाहिर निस्किने गर्छन् ।

♦  यो औषधि दुई वर्षमुनिका बच्चा, गर्भवती महिला तथा सिकिस्त बिरामीबाहेक सबैले खानु राम्रो हुन्छ ।

यो रोगको औषधि उमेरअनुसार मात्रा मिलाएर सेवन गर्नुपर्छ । यसले मानिसको स्वास्थ्यमा कुनै असर पार्दैन । दुईदेखि पाँच वर्षसम्मका बच्चालाई एक चक्की सानो र एक चक्की ठूलो खुवाउने तथा ६ देखि १४ वर्ष सम्मका बच्चालाई सानो दुई चक्की र ठूलो एक चक्की खुवाउनुपर्छ । १५ देखि माथि सबै उमेर समूहलाई तीन चक्की सानो र एक चक्की ठूलो खुवाउनुपर्छ ।

  हात्तीपाइले रोग मलाई छैन भन्न मिल्दैन । यो सबैमा हुन सक्छ । त्यसैले औषधिको सेवन गर्नबाट छुट्नुहुँदैन ।

 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2017-06-29 12:19:10

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts