चिकित्सक र बिरामीको सम्बन्ध बुझ्दै विद्यार्थी



Download our app to get more features

काठमाडौं, २ वैशाख । चिकित्सकले बिरामी उपचारमा औषधि र उपकरणसँगै मानवीय संवेदना व्यक्त गर्ने शैलीमा परिवर्तन गर्न नयाँ पुस्ताका चिकित्साशास्त्रका विद्यार्थीले धरानमा ‘चिकित्सा क्षेत्रमा मानविकीको उत्खनन’ माथि बहस चलाउने भएका छन् ।

कुनै पनि शारीरिक वा मानसिक रोग, घाउ, चोटपटक निको पार्न चिकित्सकको प्रमुख भूमिका रहने गरे पनि बदलिँदो परिस्थितिमा डाक्टरहरु ‘रोबोट’ बन्नबाट जोगाउन विद्यार्थीले वैशाख ३ र ४ गते बिरामी र चिकित्सकबीचको सम्बन्धमाथि व्यापक छलफल गर्ने भएका छन् ।

छलफलमा मुलुकका चिरपरिचित लेखक, कथाकार, चिकित्सक, राजनीतिज्ञ, कुटनीतिज्ञलगायत २१ जनाको सहभागिता रहने स्नातक तहमा अध्ययनरतको संस्था परिक्रमा विद्यार्थी परिवार र स्नातकोत्तरका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले जनाएको छ । दुवै संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छ ।

चिकित्सकको कक्षमा आइपुगेको एउटा बिरामी र उसको उपचारमा देखाउने व्यवहार कस्तो हुनुपर्ने भन्ने विषयमाथि हुने छलफलमा औषधि, संगीत, नेतृत्व, व्यवसायिकता, मानवीयता, खेलकुद, कला र साहित्य, फिलान्थ्रेपीकल लगायतका विषयवस्तु समेटिएको छ ।


–कान्तिपुर दैनिकबाट
 

Last modified on 2016-04-18 14:56:21

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts