यसरी हुन्छ कपाल प्रत्यारोपण 

पहिलो पटक रोपेको कपाल पलाउने समयको साथै घाउ पनि पुरिन समय लाग्ने हुन्छ



Download our app to get more features

सन् १९९४ मा पहिलो कपाल प्रत्यारोपण शिक्षण अस्पताल महाराजगंजमा गरिएको थियो । जसको नेतृत्व मैले गर्ने अवसर पाएको थिए । कपाल प्रत्यारोपण २ तरिकाबाट गर्न सकिन्छ । एउटा पन्च मेथडबाट गरिन्छ । जुन झुप्पा कपाल लगाउने हो । यो पुरानो मेथड पनि हो । कपाल प्रत्यारोपण भनिएता पनि वास्तवमा कपालको जरा प्रत्यारोपण गरिन्छ । कपाल रोपेर केहि पनि पलाउँदैन, त्यसको लागि जरा नै प्रत्यारोपण गर्नुपर्छ । पुरानो तरिका अनुसार प्रत्यारोपण गर्दा झुप्पाबाट गरिएको थियो । पन्च डिभाइस भन्ने मेसिनबाट पछाडीको भागबाट सानो सानो कपालको जरा भएको अगाडी लिएर प्रत्यारोपण गरिन्छ । त्यसबाट झुप्पा झुप्पा कपाल पलाउने हुन्छ । तर यसले सुरुवाती अवस्थामा नराम्रो देखिन्छ । किन भने झुप्पा झुप्पा प्रत्यारोपण गरिने हुदा यस्तो हुन्छ । यसलाई पन्च मेथड भनिन्छ । 


यो मेथडमा एउटा एउटा जरा लिएर अगाडीको भागमा रोप्ने गरिन्छ । रोपेको कपाल एकपटक झर्छ  र त्यसपछि मात्र नयाँ कपाल पलाउने गर्छ । एक पटक एक हजार देखि पन्ध्र सयसम्म कपाल रोप्ने सकिन्छ । त्यस पछि दोस्रो पटक त्यहि प्रक्रिया अनुसार गर्नु पर्ने हुन्छ । दोस्रो पटक आउदा कम्तिमा पनि २ महिना पछि गरिन्छ । पहिलो पटक रोपेको कपाल पलाउने समयको साथै घाउ पनि पुरिन समय लाग्ने हुन्छ । यस्तो प्रक्रियामा जनरल शल्यक्रिया जस्तै हुनुको साथै यसको लागि कुनै पनि औषधिको प्रयोग गर्नु पर्दैन । 
नयाँ तरिका अनुसार पछाडीको छाला पुरै काट्नु पर्ने हुन्छ । पछाडीको पट्टी निकालेर एउटा एउटा जरा निकालेर अगाडीको भागमा रोपिन्छ ।  यदि कुनै व्यक्तिको टाउकामा एउटा पनि कपाल छैन भने यो तरिका लागु हुदैन । किन भने यो तरिकामा पछाडीको कपालको जरा अगाडी लिएर रोप्ने प्रक्रिया हो । यदि कपाल नै भएन भने रोप्न मिल्दैन । त्यस्ता व्यक्तिहरुका लागि फिक्स विग कपाल राख्नुपर्ने हुन्छ । जुन नेपालमा पनि उपलब्ध छ । यदि पोलेको जलेको छाला जसमा कपाल पलाउँदैन, त्यस्तो छाला पुरै मरेको हुन्छ । त्यस्तो छालालाई नै काटेर फल्ने र अन्य स्थानवाट ल्याएर टासिन्छ । 


तालु खुइलिएको छ भन्दैमा कपाल प्रत्यारोपण नगर्ने सल्लाह दिन्छु । यो कुनै ठूलो समस्य होइन । हेर्दा कपाल छैन भन्ने मात्र हो । कपाल प्रत्यारोपण गर्दा धेरै खर्च हुने र गर्न पनि धेरै झन्झटिलो प्रक्रिया हो । यसो गर्दैमा राम्रो मात्र देखिन्छ । त्यसैले कष्टकल शल्यक्रिया नगर्नु नै उपयुक्त हुन्छ । यसका लागि स्किन शल्य चिकित्सक सहित ६÷७ जनाको टोलीले लगातार ४ घण्टासम्म गर्नु पर्ने हुन्छ । त्यसैले यसलाई अन्तिम विकल्पको रुपमा मात्र लिनु पर्छ ।  

कुराकानीमा आधारित

Last modified on 2016-04-13 13:09:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts