पर्साका तिन जनाले उपचार खर्च पाउने
वीरगञ्ज (पर्सा), २९ पुस । मधेश आन्दोलनमा घाइते भएका पर्साका तीन जनाले उपचार खर्च पाउने भएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको सिफmारिसका आधारमा सरकारले उपचार खर्चबापत रकम उपलब्ध गराउने निर्णय गरेपछि पर्सा जिल्लाका ती जना घाइतेले राज्यका तर्फबाट उपचारवापत रकम पाउने भएका हुन् । पर्साका शर्माराय, पन्नालाल यादव र रेखा साहले सरकारले उपलब्ध गराउने उपचार खर्चबापतको रकम पाउने भएका छन् ।
मधेश आन्दोलनमा घाइते भएका पर्साका शर्मा राय यादवलाई ६ लाख ५३ हजार दुई सय ९८ रुपियाँ, पन्नालाल यादबलाई एक लाख ६९ हजार आठ सय ८२ रुपियाँ र रेखा साहलाई ४६ हजार ६ सय ७४ रुपियाँ उपलब्ध गराउने निर्णय गरेकाले उनीहरुले उक्त रकम पाउने भएका हुन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको सिफारिस अनुसार, बुधबार बसेको मन्त्रिपरिषद बैठकले घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको हो ।
(आजको गोरखापत्र दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>