क्यान्सर रोग परीक्षण र उपचारका लागि आवश्यक प्रविधि र प्रकृया के के हुन् ? 



Download our app to get more features

खानपान तथा जीवनशैलीका कारण नेपालमा सर्ने रोग भन्दा पनि नसर्ने रोगहरुको बृद्धि भइरहेको छ । जसमा क्यान्सर पनि एक हो । नेपालमा दिनप्रतिदिन क्यान्सरका बिरामीको संख्या बढ्दै छ ।

क्यान्सर रोग लाग्दैमा मृत्यु हुन्छ भन्ने आममानिसको धारण रहेको छ । तर सुरुकै अवस्थामा यस रोगको पहिचान गरी उपचार गर्न सकेमा पूर्ण रुपमा निको पार्न सकिन्छ ।

 
पहिले पहिले क्यान्सरको उपचारका लागि बाहिर जानुपर्ने अवस्था थियो । हाल नेपालमा पनि यसको पूर्ण रुपमा उपचार गर्न सकिन्छ । क्यान्सर पत्ता लगाउन रेडियोलोजी विभागको प्रमुख भूमिका रहेको हुन्छ । जसका कारण क्यान्सर रोगको समयमै सहि पहिचान गरी यसको उपचार गर्न सकिन्छ । 
क्यान्सर पत्ता लगाउने नेपालमा पनि अत्याधुनिक उपकरणहरु भित्रीसकेका छन् । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले पनि क्यान्सर पत्ता लगाउन रेडियोलोजी विभागमा अत्याधुनिक उपकरणहरु ल्याएर बिरामीलाई सेवा दिइरहेको छ । 

के के छन् रेडियोलोजी विभागमा ? 

डिजिटल एक्सरेः यसबाट शरीरका विभिन्न भागको एक्सरे गरिन्छ । डिजिटल एक्सरे भएको कारण रोग पत्ता लगाउन धेरै मद्दत पुगेको छ । 
 
डिजिटल मेमोग्रामः नेपालमै पहिलो पटक नेपाल क्यान्सर हस्पिाटलले डिजिटल मेमोग्राम भित्र्याएको छ । जसबाट स्तन क्यान्सर सम्बन्धी रोग पत्ता लगाउन धेरै  सहज हुन्छ ।

डिजिटल मेमोग्राम

सिटी स्क्यानः यस मेशिनको माध्यमबाट शरीरको कुनै पनि भागको रोग पत्ता लगाउनुको साथसाथै रेडियोथेरापी गर्ने बिरामीहरुको लागि योजना बनाइन्छ ।।
 
विभिन्न अंगको वायोस्पी लिने गरिन्छ । (जस्तै पिप सजमेको, पानी जमेको आदि)
शरीर भित्र भएको विकारहरुको विना चिरफार उपचार गरिन्छ । 

इलास्टोग्राम पद्धति भएको भिडियो एक्सरेः यो एक किसिमको उच्चस्तरीय मेशिन हो । जसबाट शरीरको विभिन्न अंगको जाँच गरिन्छ । यस मेशिनको माध्यमले शरीरमा विभिन्न रोग पत्ता लगाइन्छ । 

  • शरीर भित्रको विकार जस्तै पिप जमेको आदि विना चिरफार नै उपचार गरिन्छ । 
  • शरीरका विभिन्न भागको वायोस्पी गरीन्छ । 
  • इलास्टोग्रामको पद्दतले शरीरको क्यान्सर हुन सक्ने डल्ला डुल्ली मा पहिले नै अनुमान गर्न सकिन्छ । 

यसबाहेक दक्ष रेडियोलोजिस्ट र टिमको मद्दतले PDBD, TACE जस्ता उपचारको पनि यस अस्पतालले सुविधा दिदै आएको छ । 

(डा. चटौत नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका सिनियर कन्सल्टेयान्ट रेडियोलोजिस्ट तथा रेडियोलोजी विभाग प्रमुख हुन् ।)
 

Last modified on 2017-01-14 14:34:06

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts