जनकपुरका ८ स्वास्थ्य संस्थामा सिलबन्दी



Download our app to get more features

जनकपुर, २७ पुस । जनकपुरमा सञ्चालित निजी स्वास्थ्य संस्था अधिकांंश गैरकानुनी रहेको गुनासो बढेपछि अनुगमन गरिएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी अध्यक्ष रहेको अनुगमन टोली, अनुगमन समिति धनुषा र आपूर्ति मन्त्रालयको टोलीले अनुगमन थालेको हो ।

अनुगमन टोली आएको थाहा पाएपछि अधिकांश निजी स्वास्थ्य क्ल्निक तथा औषधि परलेले क्लिनिक र पसल बन्द गरेका थिए । खुलेका केही स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा स्वीकृृति नलिएका र कर छली गर्ने गरेको पाइएको थियो । दर्ता नगरिएका आठ औषधि पसल, क्लिनिक, नर्सिङ होम तथा प्याथोलोजीमा अनुगमन टोलीले शिल लगाएको छ । त्यस्तै दुई दर्जन औषधि पसल र दुईवटा निजी क्लिनिकमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिइएको समितिका सदस्य एवं आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सुवर्ण कोइरालाले जानकारी दिए ।

अनुगमनका बेला बन्द गरिएका स्वास्थ्य संस्थाहरुको नामावली तयार गरिएको छ । उनीहरुलाई बोलाएर स्पष्टीकरण लिनुका साथै प्रमाणपत्र नभएको पाइए कारबाही प्रक्रिया अगाडी बढाइने अनुगमन टोलीका संयोजक सहायक प्रजिअ गिरीले बताए ।

अनुगमनको क्रममा जनकपुर अञ्चल अस्पताल अगाडी डा.प्रियान्सु रञ्जनले सञ्चालन गरेको ४० शय्याको आर्या हस्पिटलमा समेत सिलबन्दी गरिएको छ । अवैधानिक तरिकाले सञ्चालनमा रहेको पाइएकाले अस्पतालमा सिलबन्दी गरिएको सहायक प्रजिअ गिरीले बताए । अस्पतालमा रहेका बिरामीहरुलाई भने जनकपुर अञ्चल अस्पतालमा सारिएको पनि उनले जानकारी दिए ।


(आजको नयाँ पत्रिका दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-04 16:07:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts