२४ घण्टा ब्रा लगाउनु हुन्छ खतरनाक !
तपाईले धेरै राम्रो लुगा लगाउनु भएको छ । तर,तपाईको इनर वेयर साइजको छैन र तपाई त्यसमा सजिलो अनुभव गर्नु हुन्न भने तपाईको जतिसुकै राम्रो लुगा नराम्रो देखिन्छ । यस अवस्थामा जरुरी छ कि तपाईको ब्रा को साइज तपाईको फिगर अनुसार हुनुपर्छ ।
सामान्यतया केटिहरु के सोच्छन् भने छोटो साईजको कप भएको ब्रा लगाउनाले ब्रेस्ट लामो समयसम्म कसिलो रहिरहन्छ । त्यसबाहेक उनीहरुलाई लाग्छ, दिनभर ब्रा लगाई राख्नु राम्रो फिगरको लागि आवश्यक पनि छ । तर, तपाईलाई यो जानेर आश्चर्य लाग्ला यि दुवै कुरा गलत हुन् ।
तपाईलाई थाहा छैन् होला, २४ घण्टा सम्म ब्रा लगाईराख्नु हाम्रो स्वास्थ्यको लागि खतरनाक हुन सक्छ र त्यसको असर हाम्रो स्वास्थ्यमा पर्न जान्छ ।
२४ घण्टा सम्म ब्रा लगाउनाले छालाले श्वास नै फेर्न पाउँदैन, जसले गर्दा अनेक प्रकारका स्वास्थ्य समस्याहरु हुन्छ । त्यसैले प्रयास गर्नुस् अफिस या बाहिर जाने बेलामा मात्र ब्रा को प्रयोग गर्ने र बाँकी समय घरमा हुँदा ब्रा नलगाउनुस् । तपाई आफैँले राहत महसुस गर्नु हुन्छ । दिनभर ब्रा लगाई राख्नाले छालामा दाग पनि बन्ने हुन्छ ।
दिनभर ब्रा लगाउनाको यो ६ साइड–इफेक्ट ः
१. स्तन दुख्ने
जो महिलाहरु दिनभर ब्रा लगाई राख्छन् उनीहरुमा प्रायः स्तन दुख्ने समस्या हुन्छ । विशेष गरी त्यो महिलाहरुमा यस्तो समस्या हुन्छ जसले साइजको ब्रा लगाउँदिनन् ।
२. ब्लड सर्कुलेशन प्रभावित हुन्छ
२४ घण्टा ब्रा लगाइ राख्नाले ब्लड सर्कुलेशन पनि प्रभावित हुन्छ । ब्रा धेरै टाइट भएर स्तन तन्तुहरु पनि नस्ट हुने खतरा हुन्छ ।
३. पिठ्यू दुख्ने
यदी तपाईलाई धेरै समय पिठ्यु दुख्ने समस्या छ भने त्यसको कारण पनि ब्रा हुन सक्छ । तपाई २४ घण्टा ब्रा लगाइ राख्नु हुन्छ भने तपाईलाई पिठ्यू दुख्ने समस्याले सताउने गर्छ । विशेष गरी त्यो महिलाहरुमा यो समस्या देखिन्छ जो सानो साईज र धेरै टाइट ब्रा लगाउँछिन् ।
४. छालामा समस्या
२४ घण्टा ब्रा लगाउनाले तपाईलाई छालाको समस्या पनि हुन सक्छ । चिलाउने, जलन, असहज हुनु ।
५. रातो विमिराहरू आउने (हाइपरपिग्मेन्टेशन)
२४ घण्टा ब्रा लगाउने महिलाहरुमा अत्यधिक मात्रामा रातो विमिराहरू आउने खतरा रहन्छ ।
६. फंगस फैलिने आंशका
२४ घण्टा ब्रा लगाइराख्नाले शरीरमा मोइश्चर बनी राख्छ जसले गर्दा फंगस फैलिने आशंका बढेर जान्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>