एन्जियोप्लास्टी गरेका बिरामीले के गर्ने, के नगर्ने ?



Download our app to get more features

मुटुका मांसपेशीमा शुद्ध रक्तसञ्चालन गराउने नलीहरु बन्द भएमा वा बन्द हुन लागेको अवस्थामा लक्षणअनुसार रक्तनलीलाई खुलाउने उपचारविधि हो, एन्जियोप्लास्टी । यस उपचारविधिमा प्लास्टिकको नरमा क्याथेटर जसको टुप्पोमा बेलुन हुन्छ, त्यसलाई कोरोनरी नसामा पठाइन्छ । कोरोनरी नसाको जुन भाग साँघुरिएको छ, त्याहाँनिर लगेर बेलुनलाई फुलाइन्छ ।

बिरामीले अपनाउनुपर्ने सावधानी

♦ एन्जियोप्लास्टी गर्नुपूर्व बिरामीले कम्तीमा पनि ६ देखि ८ घण्टा खाली पेट बस्नुपर्छ ।

♦ एन्जियोप्लास्टी गरेका बिरामीले चिकित्सकको सल्लाहअनुसार नियमित अन्य औषधिका साथमा एस्प्रिन र क्लोपिडोग्रिल नबिराई सेवन गर्नुपर्छ ।

♦ औषधि सेवन गरिरहेको बेलामा गिजाबाट रगत आएमा, दिसा रातो वा कालो भएमा, पिसाब खैरो वा रातो भएमा, शरीरमा नीलो धब्बा देखिएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

गर्न नहुने कार्य

♦ एन्जियोप्लास्टी गरेका बिरामीले कहिल्यै पनि आफूखुसी औषधि खाने र छाड्ने गर्नु हुँदैन । यसले स्वास्थ्यलाई हानी पु¥याउन सक्छ ।

♦ धुम्रपान तथा मद्यपान सेवनबाट टाँढै रहनु पर्छ ।

♦ बाहिरका खानेकुरामा केमिकल मिसावट भएको हुन सक्छ । त्यसैले बिरामीले सकेसम्म नखाएको राम्रो मानिन्छ ।

के खाने ?

प्रशस्त मात्रामा हरियो सागपात तथा फलफुलको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । मासु खाँदा सकेसम्म सेतो मासु र कुखुराको मासु राम्रो मानिन्छ । बजारमा तयारी पाइने खानेकुराभन्दा घरमै तयार पारेको ताजा खानेकुरा खानुपर्छ । खस्रो तथा रेसादार खानेकुरा खाने बानी बसाल्नु धेरै राम्रो हुन्छ ।

के खानु हुँदैन ?

बढी मात्रामा नुनिलो, चिल्लो र बोसोयुक्त खानेकुरा खानु हुँदैन । मासु खाँदा छाला, बोसो, कलेजो तथा अन्डाको प्रयोग सकेसम्म गर्नु हुँदैन । तेलमा तारेर तयार पारिएका खानेकुरा सकेसम्म खानु हुँदैन ।


(आजको नयाँ पत्रिका दैनिकबाट)


 

Last modified on 2017-07-06 14:44:12

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts