कम्मर दुखाइबाट कसरी बच्ने ? 



Download our app to get more features

म्मर दुखाइ(व्याक पेन) संसारमै सामान्य रुपमा देखिने दुखाइ मध्ये प्रमुख समस्या हो । हरेक मानिसलाई जीवनमा एक पटक कम्मर दुखाई हुने गरेको पाइन्छ ।

कम्मर दुखाई हुने मुख्य कारण हाम्रो बस्ने तरिका नमिलेर नै हो । घर तथा अफिसमा बसेर काम गर्दा तरिका नमिलेर समस्या सुरु हुन्छ । यसको साथै मोटोपना तथा उमेरका कारण पनि दुखाइ हुन्छ । जसलाई मेकानिकल व्याक पेन भनिन्छ ।

कम्मर दुखाईमा एक्सरे गर्दा हड्डी खिइएको देखियो, एमआरआई गर्दा नशा च्यापिएको पाइयो भयो मेरो हड्डी खिइयो, नशा च्यापियो यसका कारण समस्या उत्पन्न हुने भयो भन्ने भ्रम पाइएको छ । नशा च्यापिँदा वा हड्डी खिइँदैमा आँत्तिनु हुदैन । यस्तो समस्या हुदैमा प्यारालाइसिस् हुन्छ, शल्यक्रिया नै गर्नु पर्छ भन्ने कुरा भ्रममात्र हो ।  यस्तो गलत धारणा हुँदा पनि दुखाई बढी हुने गरेको छ ।

कम्मर दुखाइ हुँदैमा प्यारालाइसिस् हुदैन र शल्यक्रिया नै गर्नुपर्छ भन्ने जरुरी पनि हुँदैन ।  शल्यक्रिया गर्नुपर्ने अवस्था अन्त्यमा मात्र हुने गर्छ । शल्यक्रिया गर्नु पूर्व धेरै उपचार प्रक्रिया छन्, जुन सफल भएमा शल्यक्रिया गर्न आवश्यक हँुदैन ।

त्यसैले साधारण कम्मर भन्दैमा पीर गर्नुपर्दैन । यो कुनै ठूलो समस्या होइन । यसलाई राम्रोसँग उपचार गरेमा निको पार्न सकिन्छ । तर के कारणले दुखेको हो यो भन्ने पत्ता लगाउन जरुरी हुन्छ । कम्मर दुखाई बस्ने तरिका नमिले हुनुको साथै ट्यूमर, इन्फेक्सन, बाथ, चोटपटक जस्ता समस्याले पनि कम्मर दुखाइ हुने गर्छ ।

यदि दुखाई राति बढी हुन्छ भने, दुखाई सँगसँगै ज्वरो आए, खाना नरुचे, तौल घटे, हातखुट्टामा कमजोरी महसुस जस्ता समस्या देखिएमा तुरुन्तै विशेषज्ञसँग सल्लाह लिनुपर्छ । यस्तो अवस्थामा एक्सरे, एमआरआइको साथै सिटीस्क्यान समेत गर्नु पर्ने हुन्छ । 
साथै, ग्यास्टिक, मिर्गौलामा पत्थरी, पित्त थैलीमा पत्थरी, आन्द्रामा समस्या देखिएमा पनि कम्मर दुखाइ हुने सम्भावना रहन्छ । कम्मर दुख्ने समस्याको कारण धेरै भएपनि ९५ प्रतिशत मानिसमा बसाइको तरिका नमिले हुने गर्छ ।


बच्ने उपाय

कम्मर दुखाइबाट बच्ने प्रमुख उपाय बस्ने तरिका मिलाउने हो । बस्दा भुँइमा थचक्क, टुक्रुक्क, पलेटी मारेर कम बस्ने गर्नुपर्छ । बस्ने समयमा जहिले पनि अगलो स्थानमा बस्नु पर्ने हुन्छ । बस्ने बेलामा जहिले पनि कम्मरभन्दा माथि घुँडा आउनु हुँदैन । त्यसैले बस्दा जहिले पनि घुँडा तल हुनुपर्छ । जसले गर्दा कम्मरमा कम चाप पर्न जान्छ । 

एउटै आसनमा धेरै समय बस्दा पनि समस्या हुने हुँदा लगातार लामो समयसम्म एउटै स्थानमा बसेर काम नगर्ने । लामो समयसम्म एउटै स्थानमा बसेर काम गर्नु परेमा केही समय हिँडडुृल गरेर बस्दा राम्रो हुन्छ । साथै नियमित रुपमा व्यायाम गनु उपयुक्त हुन्छ । 

Last modified on 2017-07-09 17:40:02

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts