सैनिक र प्रहरी अस्पताल सर्वसाधारणलाई खुला गर्ने तयारी
काठमाडौँ, १५ पुस । सहज स्वास्थ्य सेवा दिन नेपाली सेना र नेपाल प्रहरीका अस्पताल पनि सर्वसाधारणका लागि खुला हुने भएको छ ।
सेना र प्रहरीसहित उनीहरुका परिवारलाई मात्र स्वास्थ्य सेवा दिदैँ आएका ती अस्पतालबाट पहिलोपटक सर्वसाधारणका लागि सेवा खुला गर्न लागिएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले सेना र प्रहरीका अस्पताल सर्वसाधारणका लागि खोल्न गृहसचिव र रक्षासचिवसँग छलफल चलिरहेको र दुवै पक्ष सकारात्मक रहेको जानकारी दिए छन् । सेना र प्रहरी अस्पतालका विशिष्ट कक्षहरुसमेत सर्वसाधारणका लागि प्रयोगमा ल्याइने उनले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार विशिष्ट व्यक्तिहरुको उपचार गराउँदा सुरक्षाका हिसाबले पनि सेना र प्रहरीका अस्पतालहरु सुरक्षित रहने भएका कारण सेवा खुला गर्न गृह र रक्षा मन्त्रालयलाई आग्रह गरिएको छ ।
बिहिबार भएको गृह र रक्षासँगको छलफल सकारात्मक भएकाले छिटै यो व्यवस्था लागू हुने सम्भावना रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
टुंगोमा पुगेको छैन ः सैनिक प्रवक्ता
नेपाली सेनाका प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले सैनिक अस्पतालमा सर्वसाधारणका लागि सेवा खुला गर्नेबारे छलफल भएपनि टुंगोमा नपुगेको बताएका छन् ।
कुन मोडालिटीमा सर्वसाधारणलाई खुला गर्ने भन्नेबारे छलफल चलिरहेको उनले जानकारी दिए ।
(आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेख्नुभएको समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>