जाजरकोटका बालबालिका खोपबाट वञ्चित



Download our app to get more features

जाजरकोट, १५ पुस । जिल्ला अस्पताल र गाउँका स्वास्थ्य संस्थामा बीसीजी खोप लगाउने सुई अभाव भएको छ ।

सुई अभावले २ महिनादेखि यहाँका ४ हजार ६ सय बालबालिका क्षय रोगविरुद्ध लगाइने बीसीजी खोपबाट वञ्चित भएका छन् ।

बालबालिका जन्मेको १ महिनाभित्र खोप लगाइसक्नुपर्छ । जिल्ला अस्पतालमा सुई नै सकिएको २ महिनाभन्दा बढी भइसकेको छ । तर, सम्बन्धीत निकायले सुई आपूर्तिमा चासो देखाएको छैन ।

खोप लगाउन स्वास्थ्य संस्थामा पुग्ने आमा निरास भएर फर्कने गरेका छन् । पटक–पटक अस्पताल जाँदा पनि सिरिन्ज नआएको भन्दै स्वास्थ्यकर्मीले फर्काउने गरेको भरीमालिका २ की हरिकला खत्रीले बताइन् ।

क्षयरोगविरुद्धको खोप लगाउन नपाएरै छोराको उमेर २ महिना नाघेको उनको भनाइ छ ।

क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जले बीसीजी खोप लगाउने सुई आपूर्ति नगर्दा जिल्लाका बालबालिका उक्त खोपबाट वञ्चित भएको अस्पतालका अहेव रामप्रसाद शर्माले बताए ।

मेडिकल स्टोर नेपालगन्जले देशभर नै उक्त सुईको अभाव भएको बताउँदै आएको शर्माको भनाइ छ ।

 

(आजको कान्तिपुर दैनिकमा समाचार छ)
 

 

Last modified on 2017-07-06 14:51:59

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts