पिसाब संक्रमण पुरुषभन्दा महिलामा बढी
पिसाब पोल्ने कारण
१. गर्मी होस् या जाडो, हरेक मौसममा मानिसको पिसाब पोल्ने समस्या देखापर्न सक्छ । पिसावमा एसिडको मात्रा बढी भएको अवस्थामा पिसाब पोल्ने गर्छ ।
२. पिसाब पोल्नुको अर्को पक्ष भनेको मानिसको स्वास्थ्यमा विभिन्न संक्रमण छ भन्ने पनि हो । यस्तो अवस्थामा पिसाब पोल्ने समस्या हुन्छ ।
३. स्वास्थ्यमा भएको ब्याक्टेरियल संक्रमणले बढी मानिसमा पिसाब पोल्ने गरेको देखिन्छ । मानिसमा भएको इन्जिनको सिस्टम कम भएमा पिसाब पोल्ने गर्छ ।
पिसाब पोल्नुको खतरा
१. पिसाब पोल्नु जटिल रोग नभनिए पनि सामान्य रुपमा लिनु हुँदैन । कहिलेकाँही लामो समयसम्म पोलिरहेमा भने अन्य रोगको लक्षण पनि हुन सक्छ ।
२. पिसाब पोल्ने समस्या बढ्दै गएर कतिपय अवस्थामा मिर्गौलासम्म पनि पुग्न सक्छ ।
३. मानिसले पानीको प्रयोग कम गर्नु, पसिना धेरै बगाउने तर शरीरलाई चाहिने मात्रामा पानी नपिउने बानीले पिसाबको समस्या देखिन सक्छ ।
४. जाडो छ भनेर पानी धेरै नखाने बानी धेरैमा छ । जति नै जाडो÷गर्मी भएपनि एउटा मानिसले दिनमा दुई लिटर पानी खानै पर्छ ।
५. पिसाब आउन खोज्ने तर नआउने, आएपनि जति मात्रामा आउनुपर्ने हो, नआउने समस्या हुन्छ । यसले दैनिक जीवनमा समेत असर पारेको हुन्छ ।
पिसाब पोल्नु अरु रोगको लक्षण
१. पिसाब पोल्नु विभिन्न रोगको लक्षण हुन सक्छ । पिसाबनली, पिसाबथैली पिसाब फेर्ने नसामा संक्रमण हुँदा पनि यस्तो समस्या हुन्छ ।
२. पिसाब पोलिरहेको अवस्थामा चिकित्सकँहा गएर स्वास्थ्य परीक्षण गराई औषधि चलाउनुपर्ने हुन्छ । एन्टिवायोटिक औषधि चलाउनुपर्ने हुँदा यस्तो बिरामीले एक हप्ता आराम गर्नुपर्छ ।
३. पिसाब एक दिनभन्दा बढी पोलिरह्यो र पानीको मात्रा धेरै बढाउँदा पनि समस्या समाधान नभएमा पिसाबनली वा कुनै अंगमा संक्रमण भएको हुन सक्छ ।
पिसाब पोल्न नदिन के गर्ने ?े
१. विभिन्न खानेकुराको प्रयोग गर्दा केही मात्रामा पानीको प्रयोग पनि हुन्छ । तर, त्यसले मात्रै स्वास्थ्यलाई फाइदा पु¥याउदैन । जसले गर्दा पिसाब पोल्न थाल्छ । स्वस्थ रहन दिनमा कम्तीमा दुई लिटर पानी पिउनुपर्छ ।
२. पानीको कमीले शरीरका अन्य अंगमा पनि समस्या पर्न सक्छ । पिसाब पोलिरहने व्यक्तिले बेलाबेलामा चिकित्सकको परामर्श लिनुपर्छ ।
३. पिसाब पोल्ने समस्यालाई सामान्य रुपमा लिँदा ठूलै दुर्घटना निम्त्याउन सक्छ । समयमै स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्नुपर्छ ।
पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या
१. कतिपय मानिसलाई पिसाब छिनछिनमा लाग्ने तर नपोल्ने समस्या पनि देखिएको छ । चिनी रोगका कारणले यस्तो हुन सक्छ ।
२. यस्ता विरामीलाई दिउँसोभन्दा रातिको समयमा बढी नै सताउने गर्छ । तर, पिसाब पोल्दैन ।
३. व्याक्टेरियल संक्रमण पिसाब पोल्ने मानिसलाई मात्रै हुन्छ भन्ने छैन् । अस्वस्थ खानपिन, पिसाबनलीले राम्रो काम नगर्नु, धेरै काम गर्नु पनि पिसाब पोल्ने कारण हुन्छ ।
महिलामा बढी समस्या
पिसाब पोल्ने समस्या पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ । महिलामा पाठेघरको संक्रमण हुन सक्ने भएकाले पनि बढी जोखिम ठानिन्छ ।
त्यस्तै, महिलामा पाठेघरबाट पिसाबमा रोग सर्न सक्ने सम्भावना पुरुषमा भन्दा बढी हुन्छ ।
सेतो पानी बग्ने समस्या हुने महिलामा पिसाबको समस्या हुँदा पाठेघरको पनि परीक्षण गराउनुपर्छ । स्वास्थ्यमा संक्रमण भएसँगै महिलामा भने पिसाब पोल्न थाल्छ ।
पुरुषको पिसाबनली सामान्यतया १६ सेन्टिमिटर हुन्छ, तर महिलाको ४ सेन्टिमिटरको मात्र हुन्छ । जसले संक्रमण दर महिलामा बढी हुने गरेको पाईन्छ ।
(आजको नयाँ पत्रिका दैनिकबाट)
3 Comments
-
मेरो पनि पीसाब छीटाे छिटाे लाग्ने र हल्का पोले जस्तो भइ जति पीसाब गर्नु पर्ने हो त्यो हुदैन पीसाब फेरम फेरम हुने तर पीसाब न आउने समस्या देखा परेको छ के को कारण ले होला?यस्को सामाधान गर्ने उपाय बताइ दीय हुन्थ्यो।हाल मलेसिया बाट नेपाल कैलाली जील्ला
-
मेरो पनि पिसाब पोल्छ र पिसाब फेरन कष्ट हुन्छ! कहिले सन्चो जस्तो लग्छ . किन होला?
-
sir khutta ko nasa ma ragat jameko chha bhane kasari niko hunchha ra kaha kun hospital ma upchar hunchha.
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>