चिसोले बिरामी बढे



Download our app to get more features

मुगु, १३ पुस । अत्यधिक चिसो बढेपछि सदरमुकाम आसपासका क्षेत्रमा भाइरल रुघाखोकी फैलिएको छ ।

रुघाखोकीका कारण बालबालिका र वृद्धबृद्धा बढी समस्यामा छन् । जिल्ला अस्पतालहमा उपचारका लागि दैनिक १ सय भन्दा बढी बिरामी आउने गरेका छन् ।

चिसोका कारण बालबालिकामा झाडापखाला, खोकी, ज्वरो रोगका लक्षण देखिन थालेको डा. विपिन काफ्लेले बताए ।

अस्पतालको कोठाभित्र समेत अत्यधिक चिसो हुने गरेपछि चौरमा राखेर उपचार गर्नुपरेको उनको भनाई छ ।

सदरमुकामबाहिरका स्वास्थ्य केन्द्रमा औषधिको अभाव भएपछि बिरामीको चाप जिल्ला अस्पतालमा बढेको हो । सोवा, रुगा, रारा, पिना, माग्री, सेग्री लगायतका स्वास्थ्य केन्द्रमा औषधिको अभाव देखिएको छ ।

चालु आर्थिक वर्षका लागि स्वास्थ्य कार्यालयले खरिद गरेको १८ लाख बराबरको औषधि अझै जिल्लामा पुगेको छैन ।

औषधि खरिदमा ढिलासुस्ति भएपछि ग्रामीण क्षेत्रमा उपचारमा कठिनाइ भएको छ । टेन्डर प्रक्रिया लम्बिएकाले औषधि खरिदमा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति शाहीले बताए ।


(आजको कान्तिपुर दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-06 16:09:48

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts