के गर्छ पेट स्क्यान मेसिनले ?



Download our app to get more features

रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको तथ्य पत्रअनुसार पेट स्क्यानको माध्यमले क्यान्सर पत्ता लाग्नुका साथै यो क्यान्सर शरीरमा कति क्षेत्रमा फैलिएको छ भन्नेसमेत थाहा पाइन्छ ।

क्यान्सर उपचारपछि बिरामीलाई निको भए÷नभएको लगायत नयाँ ठाउँमा विस्तार आदिबारे यसले बताउँछ । यतिमात्र नभई क्यान्सर उपचारपछि रोगको मात्रा कम भए÷नभएको लगायत उपचारको प्रभावकारिताबारे समेत जाँच्न सकिन्छ ।

वीर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट प्रा.डा.स्वयंप्रकाश पण्डिका अनुसार यसबाट कुनै पनि प्रकारको संक्रमणलाई हेर्न सकिन्छ भने यसको प्रसार शरीरको कुन भागमा भएकोबारे समेत जान्न सकिन्छ ।

यो मेसिन इन्डोक्राइन (शरीरका ग्रन्थीहरुको काम गरे÷नगरेको हेर्ने) र न्युरोलोजीको परीक्षणमा समेत उपयोगी हुन्छ ।

यसले मुटुको मांसपेशीमा रगतको प्रवाहको समेत परीक्षण गर्न सकिन्छ ।

हृदयघात, मायोकार्डियल इन्फेक्सनले मुटुको कुन क्षेत्रमा प्रभाव परेको छ भन्नेसमेत परीक्षण गर्न सकिन्छ । एन्जियोप्लास्टी, कोरोनरी आर्टी बाइपास सर्जरीले गर्दा मुटुको खास क्षेत्रको मांसपेशीमा पुगेको फाइदाबारे समेत जान्न सकिन्छ ।

मस्तिष्कको असामान्यता जस्तै गाँठो, स्मृतिसम्बन्धी समस्या, छारे रोग र अन्य केन्द्रीय स्नायु प्रणालीको असामान्यताबारेमा समेत पेट स्क्यान परीक्षणबाट थाहा पाउन सकिन्छ । यसले सामान्य व्यक्तिको मस्तिष्क र मुटुको क्रियाकलापबारे जान्न सकिन्छ ।


(आजको कान्तिपुर दैनिकमा समाचा छ) 
 

Last modified on 2017-07-06 16:23:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts