अस्पतालद्वारा निर्देशनको अवज्ञा
भरतपुर (चितवन) ९ पुस । सरकारी अस्पतालमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म अन्तरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्नु भनी सरकारका तर्फबाट विभागीय मन्त्रालयले पटक पटक निर्देशन लागू गरेपनि भरतपपुर अस्पतालले यसको कायान्वयन गरेको छैन ।
जनशक्तिको अभाव देखाउँदै अस्पतालले स्वास्थय मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेपछि सर्वसाधारण बिरामी महँगो उपचार सेवा लिन बाध्य छन् ।
सरकारी अस्पताल (भरतपुर अस्पताल) मा अहिले ६ बजेदेखि २ बजे सम्म ९ बजेदेखि २ बजे सम्म ओपीडिमा बिरामीको उपचार हुन्छ, भरतपुरका रामप्रसाद भट्टले भने, दुई बजेपछि आउने बिरामीले सरकारी अस्पतालमै उपचार गरेपनि बढी शुल्क उपचार गर्न गए झनै ठगिनुपर्ने बाध्यता छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार साँझ ५ बजेसम्म बिरामीको उपचार भए महँगो खर्च गरेर बिरामीले उपचार लिनु नपर्ने उनको भनाई छ ।
स्वास्थयमन्त्री गगनकुमार थापा नियुक्त भएसँगै सबै स्वास्थय केन्द्रलाई बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ओपीडि सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए तर चितवनमा भने यसको कार्यान्वयन हुन सकेको छैन ।
भरतपुर अस्पतालले अहिले बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म ओपीडि सेवा चलाइरहेको छ ।
अस्पतालका मेडिकलका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र मरासिनी विभागीय मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न नसकिने तर्क गरेका छन् ।
यहीँ स्रोत र साधनले हामी बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म ओपीडी चलाउन सक्दैनौ, मे.सु.डा.मरासिनीले भने, सरकारले भने जसरी ओपीडी चलाउने हो भने हामीलाई एक हजार तीनसय जनशक्ति आवश्यक पर्छ जुन अस्पतालमा अहिले छ्र्र्रैनन् ।
२०१५ सालमा २५ शय्याबाट आफ्नो सेवा सुरु गरेको भरतपुर अस्पतालमा अहिले ६ सय शय्या रहेको छ । यसका लागि १ सय ७६ जनाको सरकारी दरबन्दी छ भने अन्य ३ सय ७४ जना विकास समितिका कर्मचारीले अस्पतालमा सेवा दिइरहेका छन् तर यो संख्या अस्पतालको माग अनुसार निकै कम छ ।
(आजको गोरखापत्र दैनिकमा समाचार छ)
1 Comments
-
Nepali hospital bata ke aasha garnu????
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>