ख्याल राख्नुहाेस्  सङ्लो पिसाब रोगको संकेत पनि हुनसक्छ 

राताे कलर सबैभन्दा खतरनाक

What's This?


Download our app to get more features

काठमाडौं । अधिकांश मानिस आफ्नो पिसाब पहेँलो आएमा चिन्ता व्यक्त गर्छन् । पिसाब पानीजस्तो सङ्लो आओस भन्ने उनीहरुको चाहना हुन्छ । तर मानिसहरुले सोचेजस्तो पानी झै सङ्लो पिसाब आउनु चिकित्सा विज्ञानमा राम्रो मानिदैन ।

सेतो पिसाब आउँछ भने सोच्नुहोस् यो गम्भीर प्रकारको संकेत हो । स्वास्थ्यमा केही समस्या भएमा सङ्लो पिसाब आउँछ । किड्नीले राम्रोसँग काम गर्न नसक्दा पनि कतिपय अवस्थामा पिसाब सङ्लो हुँदै जान्छ । मानिसको किड्नीले राम्रो फिल्टर  गर्न नसक्दा शरीरमा भएको सबै पानी बाहिर फाल्छ यसले पनि पिसाब सङ्लो देखिन्छ । 

स्वस्थ मानिसमा पिसाबको रंग हल्का पहेँलो  हुनुपर्छ । त्यसलाइ राम्रो मान्न सकिन्छ । त्यो भन्दा फरक रुपमा पिसाब पानी जस्तै गएको खण्डमा त्यसलाइ दुई तरिकाले हेर्न सकिन्छ । पहिलो उसले कि धेरै पानी खाएको हुनुपर्छ, जसले गर्दा किड्नीले फिल्टर गरेर फाल्दा नियन्त्रण गर्न सकेन । अर्को भनेको उसको किड्नी फेल छ ।

मानिसको किड्नी फेल भएमा पनि पिसाबको कलर पानीजस्तै सङ्लो भएर जान्छ । यसमा मानिस प्रस्ट हुन आवश्यक छ ।

त्यसैले विरामी वा सामान्य व्यक्तिले पनि आफ्नो पिसाब कस्तो छ भन्ने ख्याल गर्नुपर्छ । सरल रुपमा भन्नु पर्दा पानी कम खाएर पनि पिसाब सङ्लो हुन्छ भने उसको किड्नी फेल भएर पनि यस्तो भएको हुन सक्छ । 
 पिसाब धेरै गाढा भयो भने पनि डराउनु पर्दैन । शरीरमा पानीको मात्रा कम भएकाले पनि यस्तो हुन्छ ।

त्यस्तै जन्डिर भएर पनि पिसाब पहेलिन सक्छ । जन्डिस  जुन किसिमको पित्त हुन्छ, यो परिवर्तनशल् हुन्छ  । जन्डिस भएमा दिसामा पनि देखापर्न सक्छ । 
पिसाबमा सबैभन्दा डरलाग्दो पक्ष भनेको रातो कलर देखापर्नु हो । यो दुइ प्रकारले देखापर्न सक्छ ।

पिसाबमै रातोकलर देखापर्नु र अर्को भनेको खानेकुराको केमिकलले पनि रातो आउन सक्छ । कपितय अवस्थामा खानेकुरा टिबीका औषधिले पनि यस्तो हुन्छ । तर औषधि सेवनपछि नर्मल भएर जान्छ । तर कुनै रोगले देखिएको रातो भने नर्मल भएर जाँदैन ।  आजको नयाँ पत्रिका दैनिकमा डा प्रेमराज ज्ञवालीले यसबारेमा बताएका छन् ।  

Last modified on 2017-07-07 17:41:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts