मुटुरोग तथा यौन जीवन



Download our app to get more features

यौन स्वास्थ्य जीवनको आवश्यकता हो र यसलाई कुनै रोगमा पनि पूर्ण रुपमा वर्जित विषय मानिदैन । शारीरिक तथा मानसिक अवस्था एवंम उपर्युक्त व्याक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन् ।

यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल तथा रक्तचाप पनि केहि बढ्ने भएकोले मुटुलाई थप दबाब चाँहि पर्नसक्छ । यहि कारणले गर्दा मुटुको धमनीको रोग भएका व्यक्तिमा केहि सावधानी अपनाउनु आवस्यक हुन्छ । जो व्यक्तिलाई सामान्य हिंड्डुल गर्दा वा भर्याङ्ग चढ्दा छाती भारी हुने गर्छ । त्यस्तोलाई यौन सम्पर्कको समयमा हृदयघातको केहि जोखिम हुनसक्छ । यस्तो अवश्थामा मुटुरोग विशेषज्ञसंग परिक्षण गराई मुटुरोगको अवश्थाका बारेमा सहि जानकारी लिने उचित उपचार गर्ने तथा सावधानीका उपायहरु सोध्ने गर्न सकिन्छ ।

आफ्नो रुची तथा अवस्थाको वारेमा श्रीमान् श्रीमती बिच कुनै दुरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सो अनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खाने बित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौन सम्पकै गर्दा गर्दै छाती भारी भएमा सो कार्य रोकेर नाइट्रेट समुहको औषधी सेवन गर्ने सो कुरा डक्टरले बताइसकेको हुन सक्छ वा डक्टरसंग सल्लाह लिने तथा यस्तो समस्या भएमा तुरुन्त डक्टरको परामर्श लिनु पर्ने हुन्छ ।

हृदयघात भएका व्यक्तिले शुरुको दुई हप्तासम्म बढि शारिरीक परिश्रम गर्नु राम्रो हुंदैन् । त्यसपछि जब हिंड्डुल गर्दा छाती भारी नहुने तथा स्वयम् विरामीलाई मध्यम तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ । तब यौन सम्पर्क सुचारु गर्न सकिन्छ । तर यस्तो कुरा व्यक्ति पिच्छे फरक पर्न सक्दछ । साथै हृदयघातपछि कहिले यौन सम्पर्क गर्ने भन्ने क्राको सहि उत्तर चांहि जब व्यक्तिले आँफुलाई स्वस्थ महसुस गर्छ र यौनको लागी तयार तथा सक्षम ठान्दछ भन्ने हो ।

हृदयघात पश्चात यौनको लागी व्यक्तिले आँफुलाई विस्तारै तयार गर्दै लग्न्पर्छ । यौन सम्पर्कमात्र नभई विभिन्न स्वस्थ यौनजन्य गतिविधिहरु शुरुको अवश्थामा उपयोगी हुन सक्छन् । 

आफ्नो रुची तथा अवस्थाको वारेमा श्रीमान् श्रीमती बिच कुनै दुरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सो अनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खाने बित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौन सम्पकै गर्दा गर्दै छाती भारी भएमा सो कार्य रोकेर नाइट्रेट समुहको औषधी सेवन गर्ने सो कुरा डक्टरले बताइसकेको हुन सक्छ वा डक्टरसंग सल्लाह लिने तथा यस्तो समस्या भएमा तुरुन्त डक्टरको परामर्श लिनु पर्ने हुन्छ ।

उच्च रक्तचाप तथा मुटुजन्य रोगसंगै जोडिएर आउने यौन सम्बन्धि अर्को मुख्य बिषय चाहिँ यौनमा रुची कम हुनु तथा प्रुषको लिङ्ग उत्तेजित नहुनु हो । जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरुमा बोसो जम्मा तथा साँघुरीने हुन्छ, त्यसरीनै लिङ्ग तथा योनिको रक्तनलीहरुमा पनि साँघुरीने भई रक्त प्रभाह घट्न जान्छ । यसले गर्दा दुवैमा यौन रुची घट्न सक्छ । त्यस्तै पुरुषमा लिङग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म धान्न नसक्ने तथा अदि हुनसक्छ भने महिलामा पनि सुख्खा भई बढि पिडा हुन सक्छ ।

त्यस्तै मुटु तथा प्रेसरका विरामीले कुनै कारण विना पनि आँफुलाई कमजोर ठानी आत्मवल कमजोर बनाएर यौनमा अग्रसरता नदेखाउने तथा पर्ण सन्तुष्टि प्राप्त गर्न नसक्ने हुन्छन् , जुन अवस्थालाई मनोवैज्ञानिक परामर्शको आवस्यकता पर्दछ ।

व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधीको प्रयोग गर्न सकिन्छ । त्यस्तै मुटुरोगको लागी चलाइने डिजोक्सीन् तथा स्पारोनोल्याक्टोन जस्ता औषधीले यौन इच्छा कम गर्ने तथा पुरुषहरुको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन ।

त्यस्तै मुटु तथा प्रेसर सम्बन्धि केही औषधीले पनि यौन कार्यमा प्रभाव पार्दछन् । प्रेसरका लागी चलाइने थायजाइड तथा ब्लकर समुहका औषधीले यौन रुची कम गराउने, चरम सुख नहुने लिङ्गको उत्तेजनामा कमी ल्याउने गर्दछन् । युवा तथा प्रौढ उमेरका करिव १० प्रतिसत ब्यक्तिमा यस्तो असर पाइएको अध्ययनहरुले देखाएका छन् । व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधीको प्रयोग गर्न सकिन्छ । त्यस्तै मुटुरोगको लागी चलाइने डिजोक्सीन् तथा स्पारोनोल्याक्टोन जस्ता औषधीले यौन इच्छा कम गर्ने तथा पुरुषहरुको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन ।

त्यस्तै मुटुको पम्प कमजोर भइका विरामीहरुमा पनि यौन इच्छा कमी तथा यौन सुख हुन सक्दछ । यसबाहेक उच्च रक्तचाप बढ्ने विभिन्न हर्मोनसंग सम्वन्धित अवस्थाहरु मिर्गाैला तथा मधुमेह आदी रोगहरुमा यौन इच्छा घट्न सक्दछ ।

त्यस्तै लिङ्गको उत्तेजना बढाउन भियग्रा लगायतका औषधी सेवन गर्न सकिन्छ । मुटुरोगी तथा अन्य सबैले यस्तो औषधी सेवन गर्नु अगाडी चिकित्सकको परामर्श लिनु पर्दछ । त्यस्तै नाइट्रेट समुहको औषधी सेवन गरीरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुन सक्छ । त्यो बाहेक हालसालै हृदयघात भएका तथा मिर्गौला एवम् कलेजो सम्बन्धि रोग भएकोले पनि यसको सेवन गर्नु हुँदैन ।

Last modified on 2017-07-07 17:47:17

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts