१५ मिनेटमा स्वस्थ !



Download our app to get more features

दै निक १५ मिनेट आफ्नो लागि समय दिने हो भने सोचेअनुसार तन्दुरुस्त जीवन बन्नसक्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । डेली मेलका अनुसार अमेरिकामा भएको अध्ययनले त्यसको पुष्टि गर्दै जीवन स्वस्थ बनाउन १५ मिनेट काफी भएको बताउँदै केही शारीरिक अभ्यास गर्न र फलफूल खान सुझाएको छ ।

डोरी खेल्ने

डोरी खेलेर मुटुको धड्कन बढाउन र पूरै शरीर फिट राख्न सकिन्छ । दैनिक तीव्र गतिमा (३० सेकेन्डमा एकपटक) केही मिनेटमात्रै डोरी खेल्ने हो भने थुप्रै फाइदा हुन्छ । डोरी खेल्नाले हड्डी बलियो बनाउन र धैर्यवान् बन्न समेत सहयोग गर्छ । 

डोरीको सबैभन्दा ठूलो असर पेटमा पर्ने भएकाले अनावश्यक बोसो कम भएर जान्छ । डोरी खेल्दा मुटु र फोक्सोको कार्य सन्तुलितसमेत हुने गर्छ । यसैगरी कब्जियत हुनबाट जोगाइ शरीरको तौल नियन्त्रण गर्छ ।

स्याउ खाने 

फाइबरयुक्त फल भएकाले स्याउ खाँदा दिमाग स्वस्थ रहन्छ । यसबाट पार्किसन्स रोग लाग्ने सम्भावना कम हुुन्छ ।

स्याउ खाँदा धेरै मात्रामा ¥याल उत्पन्न गराई दाँत सफा र चम्किलो बनाउँछ । स्याउमा भएको एन्टिअक्सिडेन्टस्ले स्तन, कलेजो लगायत क्यान्सर हुने सम्भावना कम गर्छ । हरेक दिन एउटा स्याउ खाएमा डायबिटिज बढ्ने सम्भावना २८ प्रतिशत कम हुन्छ । स्याउले अल्जाइमरबाट बचाई उमेरअनुसार मस्तिष्कमा पर्ने नकारात्मक प्रभावलाई पनि कम गर्छ । 

शरीरमा बोसो लाग्नबाट जोगाउँछ र रगतमा कोलेस्ट्रोलको मात्रा पनि कम गर्छ । मुुटुको धमनीलाई सन्तुलित रुपमा सञ्चालन गर्न सहयोग गर्छ । स्याउको सेवनले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन सकिन्छ । यसो गर्दा स्वास्थ्य राम्रो हुन्छ ।
प्रसन्न रहने 

काममा जतिसुकै व्यस्त बन्नु परेपनि मन प्रसन्न बनाउने हो भने स्वस्थ हुन सकिन्छ । सानो कामलाई पनि बोझ मानेर गर्ने बानीले अस्वस्थ बनाउँछ ।

काम गर्दा हैरानी पाएको जस्तो महसुस गर्ने, अरुका लागि काम गरेको सोच्ने र आफू दुखी हुने बानीले स्वास्थ्यमा नोक्सानीमात्र गराउँछ । जसका लागि जे गर्नु परे पनि खुसी भएर समयको ख्याल गर्दै समयमै सबै काम सक्ने हो भने स्वस्थ रहन सकिन्छ ।


(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)
 

Last modified on 2017-07-12 11:37:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts