सभामुख घर्ती अस्पताल भर्ना

काठमाण्डौं, २८ चैत्र । सभामुख ओन्सरी घर्ती मगर अस्पताल भर्ना भएकी छन् । पेट दुख्ने, वान्ता हुने र गोडा फर्किने समस्या भएपछि उनलाई शनिबार राती नै ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरीएको हो ।
शनिबार राती अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरीएकी सभामुख ओन्सरीको स्वास्थ्यमा क्रमश सुधार आएको उनका स्वकीय सचिव निशान मगरले जानकारी दिए । उनको डा. डिबी कार्की नेतृत्वको टोलीले उपचार गरीरहेको अस्पतालले जनाएको छ ।