मुटुरोगीलाई आर्थिक सहयोग
इलाम, २८ चैत्र । किरात याक्थुम चुम्लुङ जिल्ला शाखा इलामले सोयाक गाविसका मुटुरोगी बुद्धराज लिम्बूलाई एक लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ ।
मुटुरोगबाट थलिएका लिम्बूलाई उपचारार्थ शाखाले एक लाख १५ हजार ८ सय २१ सहयोग प्रदान गरेको हो ।
शनिबार इलाम सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी चुम्लुङको इजरायल शाखाबाट प्राप्त एक लाख र माङ्गेना चेली समूह गोङ्गबु काठमाण्डौंबाट प्राप्त १५ हजार ८ सय ३१ गरी एकमुष्ट रकम मुटुरोगी लिम्बुलाई उपलब्ध गराइएको शाखाका सन्तोष नेम्वाङले जानकारी दिए ।
आर्थिक अवस्था कमजोर भई उपचार गराउन नसकिरहेका लिम्बूलाई विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटिरहेको समेत शाखाले जनाएको छ ।
रासस
Last modified on 2016-04-18 14:58:18