एक तिहाइ महिलामा रक्तअल्पता



Download our app to get more features

रक्तअल्पता एक यस्तो रोग हो जुन पुरुषको तुलनामा महिलामा बढी हुने गर्छ । एक अध्ययन अनुसार नेपालमा एक तिहाइ महिला यस रोगबाट पीडित छन् ।

रक्तअल्पताबाट पीडित हुने गर्भवती महिलाको संख्या बढी छ । तर, जनचेतनाको कमी र स्वास्थ्य सेवा सर्वसुलभ नभएका कारण यो रोगको निदान भएको पाइँदैन । रगतमा हेमोग्लोबिनको कमी भयो भने रक्तअल्पता हुन्छ ।

हेमोग्लोबिनको प्रमुख कार्य भनेको शरीरका प्रत्येक कोषमा अक्सिजन पु¥याउनु हो । त्यसैले यसको कमीले अनेक समस्या पैदा हुन्छ ।

लक्षण 

१. बिना श्रम पनि थकाइ लाग्नु–स्मरणशक्तिमा कमी हुनु

२. चक्कर लाग्नु

३. ऊर्जाहीन हुनु

४. अलिकति श्रम गर्दा पनि सास फुल्नु

५. घाउखटिरा निको हुन समय लाग्नु

६. उदासी छाउनु

७. मुटुको धड्कन बढ्नु

८. चिडचिडापन तथा रिस उठ्नु

९. औँलाको नङ, ओठ तथा कानको लोती पहेँलो देखिनु

१०. निद्रा नलाग्नु

कारण

१. चोटपटक लागेर वा पाइल्स तथा अल्सरजस्ता रोग भएर वा महिनावारी हुँदा वा सुत्केरी हुँदा वा अन्य कुनै कारणले बढी रक्तश्राव भयो भने एनिमिया (रक्तअल्पता) हुन सक्छ ।

२. रातो रक्तकोषको उत्पादन कम हुनु हो । यसका अनेक कारण हुन्छन् । जस्तै ः आइरन, भिटामिन बी–१२, फोलिक एसिडको कमी वा अन्य कुनै रोग जस्तै कलेजो र मिर्गौलाका रोगका कारण राती रक्तकोष पर्याप्त मात्रामा निर्माण नहुनु ।

३. पेटमा जुका परेको खण्डमा पनि एनिमिया देखा पर्नसक्छ ।

उपचार र रोकथाम

१. उपर्युक्त लक्षण देखिएको खण्डमा तथा गर्भवती महिलाले अनिवार्य रुपमा हेमोग्लोबिनको मात्रा जाँच गर्नुपर्छ ।

२. त्यसैले गर्भवति महिलाले अन्नका साथमा प्रशस्त मात्रामा हरियो तरकारी तथा सागपात, गाजर, मूला, काँक्रो, गोलभेँडा, गेडागुडी, माछामासु, दूध, घिउ तथा मौसमी फलफूलहरु खानुपर्छ ।

३. आवश्यक्ताअनुसार आइरन चक्की सेवन गर्नुपर्छ । किसमिस, खजुर, स्याउ, अनार आदि फलफूलमा लौहतत्व बढी पाईन्छ ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकमा ओम बानीयाँले लेखेको समाचार)

Last modified on 2017-07-13 16:22:20

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts