दृष्टिविहीनलाई सहयोग
धरान (सुनसरी) २८ मंसिर । धरान–८ भोटेपुलस्थित सीता टोलका एक दम्पतिले दृष्टिविहीन विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । पूर्वब्रिटिस लाहुरे प्रेमबहादुर तामाङ र उनकी पत्नी चन्द्राले २ लाख सहयोग गरेका छन् ।
पूर्वाञ्चल ज्ञान चक्षुमा अध्ययनरत ८५ जना बहु अपाङ्गता र दृष्टिविहीनलाई सहयोग गरिएको हो । त्याहाँका विद्यार्थीले मासिक रुपमा पाउनुपर्ने छात्रवृत्ति रकम जिल्ला शिक्षा कार्यालय सुुनसरीका पदाधिकारीले कमिसन मागेर रोकिराखेको समाचार प्रकाशित भएको थियो ।
कार्यालयका पदाधिकारीलाई ५० प्रतिशत कमिसन दिन नमान्दा प्रतिविद्यार्थी मासिक चार हजार रुपैयाँ दरका छात्रवृत्ति रोकिएको विद्यालयले जनाएको छ । तामाङ दम्पतीले दिएको रकमलाई स्वास्थ्य उपचार अक्षय कोष बनाएर सञ्चालन गर्ने प्रअ केशरी थापाले बताइन् ।
यसअघि अन्य शीर्षकको रकम ८५ बालबालिकाको स्वास्थ्य उपचारमा खर्च हुने ।
( आजको कान्तिपुर दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>