पहिलो पटक विशेषज्ञ सेवा सुरु



Download our app to get more features

बाजुरा, २८ मंसिर । बाजुुरा जिल्लामा पहिलोपटक विशेषज्ञ सेवासहित छ जना डाक्टरको सेवा सुचारु भएको छ । जिल्लामा विशेषज्ञ चिकित्सक आएपछि विशेषज्ञ सेवा सुचारु भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा.मोहन नाथले जानकारी दिएका छन् ।

यसअघि सामान्य बिरामीको परीक्षण, हड्डी टुटेका र शल्यक्रिया गर्नुपर्ने बिरामी ठूलो धनराशि खर्च गरेर धनगढी, काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो । पहिलोपटक विशेषज्ञ डाक्टरको सेवा जिल्लामै पाएपछि आफूहरु निकै खुशी भएको महिला स्वास्थ्य स्वयम्सेविका विस्ना रावलले बताए ।

स्वास्थ्य क्षेत्रमा अनेकन समस्या रहेको दुर्गम जिल्लामा आएर सेवा गर्न पाएकोमा आफू खुशी भएको र जिल्लावासीलाई आफूले सकेसम्म सेवा दिने डा.दुर्गाराज महर्जनले बताए । बाजुरा सधैँ स्वास्थ्यमा पछाडी परेको सामान्य सेवाका लागि पनि बाहिर जानुपर्ने बाध्यता कम गर्न आफू बाजुरा रोजेरै आएको डा. महर्जनले स्पष्ट गरे ।

बाजुरामा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरु तयार रहेको कार्यालय प्रमुख डा. मोहन नाथले बताए । स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक सिमोनस इन्स्टिच्युसन नामक संस्थाले बाजुरामा विशेषज्ञ चिकित्सक पठाएको इन्स्टिच्युसनका सुदुरपश्चिम कार्यक्रम संयोजक प्रशान्त विक्रम शाहिले जानकारी दिए । आकस्मिक प्रसूति सेवा र हाइड्रोसिल अप्रेसन सेवाका लागि एमडिजिपी डा.दुर्गाराज महर्जन, डा.टीका भट्टराई र स्टाफ नर्स अनिशा श्रेष्ठबाट सेवा प्रदान गरिएको गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयमा विशेषज्ञ डा.दूर्गाराज महर्जन, डा. मोहन नाथ, डा. रोहित गिरी, डा.टीकाराम राई र दाँतका डा.बुद्धि खडायत रहेका छन् । त्यस्तै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा डा.विकल लामिछाने रहेका छन् । बाजुरामा पहिलो पटक यति धेरै डाक्टर कार्यरत रहेका डा.नाथले बताए ।

(आजको गोरखापत्र दैनिकमा समाचार छ)
 

Last modified on 2017-07-13 16:44:15

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts