चम्चाको नापमा नपिलाउनुहोस् बच्चालाई औषधि



Download our app to get more features

अधिकांश अभिभावक घरमा प्रयोग गरिने चम्चाले बच्चालाई औषधि पिलाउँछन् । तर, यस्ता चम्चाले औषधि पिलाउँदा सही मात्रा नमिल्ने चिकित्साविज्ञानहरुको चेतावनी छ ।

‘इन्टरनेसनल जर्नल अफ क्लिनिकल प्राक्टिस’ का अनुसार ग्रिसमा गरिएको एक अध्ययनले घरमा हुने चम्चाका आधारमा मात्रा मिलाएर बच्चालाई औषधि पिलाउनु घातक हुने देखाएको छ । ७१ चियाचम्चासहित विभिन्न प्रकारका एक सय २० वटा घरेलु चम्चामा आधारित अध्ययनले भनेको छ, ‘यस्ता घरेलु चम्चाको प्रयोगका कारण बच्चालाई बढी मात्रामा औषधि पिलाइएको पाइयो ।’

फरक–फरक आकारका चम्चालाई आधार मानेर मात्रा मिलाउँदा बच्चालाई औषधिको डोज नमिलेको अध्ययनले पुष्टि गरेको छ । ‘बच्चालाई जति आवश्यक हो उति नै औषधि दिनुपर्छ, चिकित्सकले तोकेभन्दा बढी या घटी मात्राले नकारात्मक असर मात्रै गर्छ,’ अध्ययनमा संलग्न चिकित्सक भन्छन्, ‘घरेलु चम्चाबाट औषधि पिलाउँदा निर्धारित मात्राभन्दा दुईदेखि तीन गुणा बढी झोल विरामी बच्चाको पेटमा पुगेको पाइयो ।’

बच्चालाई औषधि पिलाउँदा अपनाउनैपर्ने विशेष सावधानीबारे पनि चिकित्सकले बताएका छन् । जर्नलमा लेखिएको छ कि औषधिको सिसीको विर्काेमा तोकिएको मापरेखा उपयोग गर्न कहिल्यै विर्सनु हुँदै । ‘पहिले औषधिको निर्धारित विर्कोलाई आधार मानेर तय गरेपछि फेरि चम्चामा खन्याएर पिलाउना भने सकिन्छ,’ चिकित्सकले भनेका छन् ।

(आजको नयाँपत्रिकाबाट)
 

Last modified on 2017-07-16 14:58:09

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts