सहमति पास गर्न डा.केसीको माग
काठमाडौँ, २६ मंसिर । डा.गोविन्द केसीले आइतबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठकबाट सरकारले आफूसाग गरेको सहमति पास गरेर कार्यान्वयन गर्न माग गरेका छन् ।
२२ दिन लामो अनशनपछि सरकारसँग १२ बुँदे सहमति गरेर हाल शिक्षण अस्पतालमा स्वास्थ्यलाभ लिइरहेका केसीले सहमतिबमोजिम विश्वविद्यालयको पदाधिकारी नियुक्ति, अनुगमन र न्यायिक गरी तीनवटा समिति बन्नुपर्ने बताएका छन् । यसबारे स्वास्थ्यमन्त्रीलाई समेत जानकारी दिएको उनले बताए ।
‘मैले शिक्षामन्त्रीलाई पनि जानकारी दिन खोजेको थिएँ तर उहाँले फोन नउठाएपछि एसएमएसबाट जानकारी गराएको छु’ केसीले भने ।
(आजको कान्तिपुर दैनिकमा सामाचार छ)
Last modified on 2017-07-16 14:57:37
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>