स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी ः स्वास्थ्यमन्त्री थापा
लहान (सिरहा),२६ मंसिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको बताएका छन् । स्वस्थ नागरिक नभएसम्म सवल राष्ट्र बन्न सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा सुधारको खाँचो रहेको उनले बताए ।
लहानको पशुपति आदर्श माविको मैदानमा स्मार्ट जीवन मेला उद्घाटन गर्दै मन्त्री थापाले संविधान कार्यान्वयनसँगै मुलुकले अब विकासको गति लिने विश्वास दिलाउँदै विकासको आधार स्वस्थ जीवन भएकाले स्वास्थ्य क्षेत्रको विकास गर्न सरकार प्रयत्नशिल रहेकोमा जोड दिए ।
विगत बीस वर्षयता स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएपनि अझै सुधारको आवश्यक्ता रहेको औँल्याउदैँ गर्न लागिपरेको भन्दै स्मार्ट जीवनका लागि दम्पतिमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न आयोजित मेला कोसेढुङ्गा सावित हुने उनले विश्वास व्यक्त गरे ।
छोरा र छोरीमा विभेद गर्नु हुँदै भन्दै मन्त्री थापाले आफू दुई छोरीको पिता भएर निकै खुशि भएको बताए । छोरा पाउनैका लागि अधिक बच्चा जन्माउने संस्कार रोक्नैपर्नेमा लाग्न मेला हेर्न आएका युवायुवतीलाइै उनले आग्रह पनि गरे ।
तराई मधेकशका जिल्लामा रहेको अस्पतालको अवस्था दयनीय रहेको भन्दै मन्त्री थापाले अस्पतालको सुधारमा सरोकारवाला निकाय दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । २०६२÷६३ को आन्दोलनपछि मधेशीका छोरा राष्ट्रपति भए, प्रधानमत्री र प्रधानसेनापति हुने ढोका खुलिसकेकाले विवाद होइन विकासतर्फ अग्रसर हुन उनले सबैलाई आग्रह गरे ।
कार्यक्रममा स्वास्थय विभागका निर्देशक पुष्पा चौधरी, सिरहा जनस्वास्थ्य प्रमुख डा.दयाशंकर लाल दासले सिरहा जिल्ला पूर्वाञ्चलकै तेस्रो जिल्ला रहेको जानकारी गराउँदै स्मार्ट जीवनका लागि परिवार सानो भएर मात्रै हुँदैन, स्वस्थ हुन जरुरी रहेको बताए ।
(आजको गोरखापत्र दैनिकमा समाचार छ)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>