यौन सम्पर्कमा समस्या छ ? 'परिधीय धमनी रोग' पनि हुन सक्छ !



Download our app to get more features

मुुटुमा रगत सञ्चार गर्ने तिन वटा रक्त धमनी (पेरिफेरी आर्टरी )मा कुनै कारणबस् अवरोध भएमा वा आर्थेरोस्केलेरोसिसलाई मुटुको परिधीय धमनी रोग (पेरिफेरीयल आर्टरियल डिजिज) भनिन्छ । 
यो रोगलाई भासकुलर परिधीय धमनी रोग पनि भनिन्छ । यस रोगलाई मानिसहरु सामान्य ठान्छन् किनभने यस रोगको लक्षणनै सामान्य तरीकाले देखिन्छ । हातखुट्टा दुख्नु यसको प्रमुख कारण हो जून मानिसहरु सामान्य सम्झी अन्य सामान्य औषधि वा 'पेन किलर'को प्रयोग गर्छन जुन ज्यादै खतरनाक हो । 


हाम्रो शरीरमा मुटुले आफ्नो धमनी मार्फत रक्त सञ्चार गर्दछ तर कहिलेकाहि रक्त सञ्चार पक्रियामा अवरोध आई हात खुट्टामा रगतको प्रवाह नहुने अवस्था नै परिधीय धमनी रोग हो । अर्थात हातखुट्टा लगायत शरीरका अन्य अंगमा रगतको प्रवाह नहुनु हो । 
यो रोग लागेपछि रोगीको हातखुट्टाले प्रशस्त मात्रामा जति चाहिने हो त्यति रगत प्राप्त गर्न सक्दैन र हिंड्डुल वा घरायसी सामान्य काम गर्दा पनि निकै पिडा र कष्ठ हुने गर्दछ । शरीरमा हुने मोटोपन, क्लोरष्टेल, क्याल्सियम, रेशा जस्तो स्नायु आदिका कारण मुटुको रक्त धमनी धातुको पाता वनेपछि धमनीले रक्त सञ्चारको प्रवाह गर्न छोड्छ । 


यो रोगले विषेशगरी रोगीको हात र खुट्टालाई वढि असर गर्छ । 


लक्षणहरु के के हुन् ।

  • हिंड्डुल गर्दा हात खुट्टा वेस्सरी दुख्ने । 
  • हात खुट्टामा घाउ आउने । 
  • हात खुट्टाको छाला मरेर जाने ।
  • यौन सम्पर्कको समयमा जिउ चांडै गल्ने ।
  • कम्मर कठ्याङ्ग्रिनु र दुख्नु । 
  • हात खुट्टा चिसो हुनु । 
  • हात खुट्टाको रगं परिवर्तन हुनु ।
  • हात खुट्टा बाउंडिनु । 
  • हात खुट्टाको नङ्ग चांडै बढ्नु । आदि

 कारणहरु के के हुन् 

  • अधिक धुम्रपान गर्ने । 
  • मधुमेह 
  • उच्च रक्तचाप 
  • उच्च क्लोरष्टेलको मात्रा 
  • उच्च क्याल्सियमको मात्रा ५० वर्षभन्दा वढि उमेर रक्त धमनीहरु अन्य कुनै कारणवस् सुन्नियमा उपचार विधि डाक्टरको प्रत्यक्ष्य निगरानीमा यो रोगको उपचार गर्न सकिन्छ । 

उपचारको प्रक्रिया निम्न छन् 

  • ए.बि.आई उपचार पद्धति 
  • डपलर उपचार पद्धति 
  • एङ्गियो उपचार पद्धति (सि.टि स्क्यान, एम.आरआई) 
  • इण्डोभास्कुलर शल्यक्रिया 
  • ओपन शल्यक्रिया र औषधिको सेवन ।
Last modified on 2016-04-09 17:03:59

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts