चार खालका रोगीलाई सुझाव
रोगले जीवन कुनवेला सिध्याँछ भन्न सकिन्न । खासगरी मुटुसँग सम्बन्धित रोगले मान्छेको मृत्युलाई अकल्पनीय बनाईदिन्छ । त्यसैले, मुटुमा असर गर्ने केही रोगसँग हरफ सजग रहनै पर्छ । हाई व्लडप्रेसर, मोटोपन, डायबिटिज, युरिक एसिडको समस्या भएकालाई डाक्टरले लाइफस्टाइल र खानपिनबारे केही सुझाव दिएका छन् ः
हाई व्लडप्रेसर
१. नुन र चिल्लो पदार्थ निकै कम सेवन गर्ने ।
२. धुमपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
३. मोटोपन घटाउने ।
४. दैनिक आधादेखि एक घण्टासम्म पसिना निस्किने गरी हिड्ने, दौडिने या जगिंङ गर्ने ।
५. गहुँ, मक्कै, कोदो, फाफर, गेडागुडी जस्ता रेसादार परिकार खाने । फलफूल नियमित सेवन गर्ने ।
६. गाँजर, मूला, बन्दा, काक्रो, गोलभेँडा लगायत मिसाएको सलाद नियमित खाने ।
७. ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्ने ।
८. रिस नियन्त्रित राख्ने तथा मानसिक उत्तेजनामा नआउने ।
युरिक एसिड
१. रातो मासु (खसी, राँगा) नखाने । भित्री मासु, कलेजो, मिर्गौला, गिदी पनि नखाने ।
२. मदिरापान, धुमपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।
३. पानी प्रशस्त मात्रामा पिउने ।
४. दैनिक ४५ मिनेटदेखि एक घण्टा सम्म हल्का पसिना आउने गरी हिँड्ने ।
५. योगासन, प्राणायाम (सूर्य नमस्कार, कपालभाँती, भस्त्रिका, अनुलोम विलोम आदि) गर्ने ।
६. दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकारको उपभोग कम गर्ने ।
७. जँकफुड तथा बेकरी उत्पादन–मम, चाउचाउ, केक, बिस्कृट आदि कम खाने ।
डायबिटिज
१. चिनी र चिनीबाट बनेको परिकार नखाने ।
२. धुमपान, मद्यपान र सूर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, बिँडी आदि) सेवन नगर्ने ।
३. नुन र चिल्लो कम खाने ।
४. खानासँगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा सेवन गर्ने ।
५. गहँु, मक्कै, कोदो, फाफरबाट बनेका परिकार खाने ।
६. दैनिक एक घण्टा हिँड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकुदमा सहभागि हुने ।
७. योगासन, ध्यान, प्राणायाम गर्ने ।
८. लामो समयसम्म भोकै नबस्ने ।
मोटोपन
१. मोटो व्यक्तिले मोटोपन नियन्त्रणमा राख्न तथा घटाउन चिनी र चिनीबाट बनेका परिकार नखाने ।
२. घिउ, दही तथा बोसो र बोसोयुक्त मासु नखाने ।
३. फ्राई गरेको खाना नखाने ।
४. खाने परिकारमा जतिसक्दो कम तेल प्रयोग गर्ने ।
५. खाना खानुभन्दा अगाडी एक कचौरा हरियो सलाद खाने ।
६. बेलुकीको खानामा दुई पिस रोटी, एक कचौरा दाल, हरियो सागसब्जी र सलाद खाने । भात नखानु राम्रो ।
७. शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । नियमित एक घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।
८. पानी प्रशस्त मात्रामा पिउने , भोक लाग्दा फलफूल खाने, तर केरा र आँप नखाने ।
९. धुमपान, मद्यपान, सूर्तीजन्य पदार्थ नखाने ।
१०. योग÷ध्यान, प्राणायाम गर्ने र तनावमुक्त जीवन जीउने ।
११. दैनिक ६ देखि ८ घण्टा सुत्ने ।
१२. बिहान उठ्जेबित्तिकै दुई गिलास मनतातो पानी पिउने ।
(आजको नयाँपत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>