के हो होमियोप्याथिक



Download our app to get more features

तपाई रोग उपचारका लागि कुनै होमियोप्याथिक चिकित्सककहाँ पुग्नुभयो भने चिकित्सकले तपाइएले भनेका समस्यालाई टिपोट गर्छन् । यसबाहेक तपाईको ई्च्छा, अनिच्छा, भोकप्यास, निद्रा, सपना, जाडो, गर्मी, रिसराग, द्वैष, सामाजिक अवस्था एवं बिरामीकिो स्वभावका बारेमा सोध्छन् । होमियोप्याथिमा रोगको निदान गर्ने प्रक्रिया एलोप्याथिकभन्दा अलि भिन्न छ । होमियोप्याथिका सम्बन्धमा जान्नैपर्ने कुराः

के हो होमियोप्याथिक ?

होमियोप्याथिक शब्द युनानी भाषाको दुई शब्द ‘होमोइज’ अर्थात् सदृशय र ‘प्याथोज’ अर्थात् रोग सफरिङ मिलिेर बनेकाेि हो । यसको अर्थ हो,सदृशरोगचिकित्सा । यसअनुसार जुन औषधी पदार्थ एउटा स्वस्थ मानिसमा प्रयोग गर्नाले जुन प्रकारको रोगको लक्षण उत्पन्न हुन्छ । त्यस्तै प्रकारका लक्ष्ँण भएका रोगीलाई सूक्ष्म रुपमा सेवन गराउनाले आरोग्य प्रदान गर्छ । याये चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एमडी (१७५५–१८४३) हुन् । सन् १८०५ मा हैनिमैनले यस सिद्धान्त्को खोज गरे । सन् १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिको सिद्धान्त ‘समानताले समानताको उपचार’ मा आधारित छ । विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणअनुसार एलोप्याथिपछिको दोस्रो चिकित्सापद्धति होमियोप्याथि हो ।

औषधि

होमियोप्याथिक चिकित्सामा प्रायः गरेर उही औषधि प्रयोग गरिन्छ, जुन एलोप्याथि, आयुर्वेदिक तथा यनानी चिकित्सा प्रणालीअन्र्तगत प्रयोगमा ल्याईन्छ । फरक यतिमात्र हो कि अन्य चिकित्सा पद्धतिमा औषधिको प्रयोग स्थुल रुपमा गरिन्छ भने होमियोप्याथिकमा अत्यन्त सूक्ष्म रुपमा गरिन्छ । यी चिकित्सा विधिमा वनस्पति, खनिज पदार्थ, पशुहरु तथा रोगजन्य विषबाट तयार गरिएका औषधिहरु प्रयोगमा ल्याइन्छ । होमियोप्याथिकमा प्रयोग हुने औषधीको परीक्षण स्वस्थ व्यक्तिहरुमा गरिएको हुन्छ । जनावर या रोगीहरुमा गरिएको हुँदैन । औषधिको कुनै प्रकारको दुष्प्रभाव छैन् ।

कसरी काम गर्छ ?

होमियोप्याथिक औषधिले हमीभित्र रहेको डिफेन्समेकानिजमलाई एकसाइट गरी स्वउपचार प्रक्रियालाई क्रियाशिल बनाई रोग मुक्तिको पथमा लम्कन सहयोग गर्छ ।

एकल औषधि

होमियोप्याथिमा रोगीलाई उसको निदानपछि एक समयमा एउटा औषधि दिईने प्रावधान छ । हैनिमैनले आफ्नो अनुभवका आधारमा एकपटकमा एउटा औषधि दिने विधान निश्चित गरेका थिए । अहिले आएर यसमा पनि पर्याप्त परिवर्तन भइसकेको छ । एकैपटक रोगीलाई पाँचसातवटा औषधि सेवन गर्न दिनु होमियोप्याथिकको सिद्धान्तविपरीत हो ।

औषधिको न्यून मात्रा

होमियोप्याथि चिकित्सा विज्ञानको आधारमा रोगीलाई उसको रोग निदानपश्चात् दिइने औषधिको मात्रा अति न्यून हुनुपर्छ । औषधि प्रयोगपछि शरीरभित्रै रहेको स्वउपचार प्रक्रियालाई क्रियाशील बनाइन्छ । रोगबाट मुक्तिको प्रयास गरिन्छ । रोगीलाई शारीरिक एवं मानसिक कष्ट नदिई स्वस्थ बनाइन्छ ।

व्यक्तिपरक चिकित्सा

होमियोप्याथिमा रोग लागेको व्यक्तिको मानसिक एवं शारीरिक तथा भावनात्मक आदि सबै पक्षको उपचार गरिन्छ । जस्तै निमोनियाका पाँजना रोगीको होमियोप्याथिमा एउटै औषधिले उपचार गििरँदैन । समष्टिगत लक्षणका आधारमा यी पाँचैजना रोगीलाई भिन्दाभिन्दै औषधिको प्रयोग गराईन्छ । यसको मूल सिद्धान्त ‘रोगीको उपचार गर रोगको होइन’ भन्ने हो ।

औषधि छनोट

एलोप्याथिमा प्रत्येक रोगका केही निश्चित औषधि छन् । तर होमियोप्याथिकमा त्यस्तो छैन । लक्षण समष्टिगतको आधारमा उपयुक्त औषधि छनोट गरी रोगीलाई दिइनाले मात्र बिरामी ठीक हुन्छ ।

होमियोप्याथिबारे भ्रम

होमियोप्याथि औषधि सेवन गर्दा एलोप्याथि औषधिको व्यवहार गर्नु हुँदैन । एलोप्याथिक औषधिको नियमित सेवन गरिरहेका दम, हाई ब्लडप्रेसर, मधुमेह, छारेरोग, डिप्रेसन, थाइरोइडका बिरामीले भने सेवन गर्दै गरेको औषधि तुरुन्तै बन्द गर्नु हुँदैन । रोगमा सुधार आएपछि एलोप्याथिक वा अन्य औषधिको सेवन चिकित्सकको सल्लाहअनुसार कम गर्दै जानुपर्छ ।

रोग बढाउँछ

होमियोप्याथिक औषधि रोगीको लक्षणको समानाताका आधारमा दिइन्छ ।औषधिको सेवनपछि पहिलो प्रभाव रोगीलाई उसको रोग बढेको अनुभव हुनसक्छ । यो होमियोप्याथिको एग्राभेसन हो । यस किसिमको रोग बृद्धि प्रायः छालासम्बन्धी रोगमा देखिन्छ, जुन उपचारात्मक प्रक्रियाको अंश हो । केही समयपछि आफैँ साम्य भएर जान्छ ।

केटाकेटीको औषधि

बालबालिकालाई सुरुबाट नै होमियोप्याथिमा उपचार गराउँदा उसको रोग त निको हुन्छ नै, शरीरको प्रतिरोधात्मक क्षमतापनि वृद्धि हुन्छ ।

आवश्यक पर्दा मात्र ल्याब टेस्ट

होमियोप्याथिमा प्याथोलोजिकल रिपोर्टको अध्ययन सबै रोगका लागि आवश्यक पर्दैन । आवश्यक पर्दामात्र ल्याब टेस्ट गराइन्छ ।

सबै औषधि उस्तै

होमियोप्याथिकमा औषधिहरुको एउटै किसिमको आकारप्रकार देखेर शिक्षित व्यक्ति पनि भ्रममा पर्छ । कुनै पनि रोगका लागि एकै प्रकारको (सेतो दाना) औषधिको रुपमा दिइन्छ । वास्तवमा दाना (ग्लोबुल्स) स्वयंमा कुनै औषधि होइन ।

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

 

Last modified on 2017-07-26 12:55:04

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts