लाभदायक सिस्नु
१. विभिन्न आयुर्वेदिक जडीवुटीसम्बन्धी पुस्तक अनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ । यसमा फाइबर र लसिलोपना बढी हुन्छ , जसले गर्दा खाना पचाउन सजिलो हुन्छ । मधुमेहका रोगीमा घाउचोट लागेमा निको नुहने सम्भावना धेरै हुन्छ । सोही कारण क्यान्सर पनि हुन सक्छ । सिस्नु सेवन गर्दा त्यस्तो घाउ चाँडै निको हुन्छ ।
२. मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखे÷भोगेका पनि िछौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।
३. सिस्नुको मन्टालाई दानाका रुपमा खुवाएर कुखुराको तुलनात्मक रुपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
४. सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाला खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
५. सिस्नुलाई दानाको रुपमा खुवाईएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत ृउल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानबाट प्रमाणित भएको छ ।
६. सिस्नु खाँदा हाडजोर्नी लगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ ।
७. सिस्नुको जरा, पात वा मुन्टालाई काँचै पिँधेर रस निकाली दैनिक पिउनाले वा यसका ताजा पात वा मुन्टालाई तरकारीको रुपमा पकाई खानाले रक्तअल्पता, पिसाब तथा पेट सम्बन्धी सम्पूर्ण रोगमा राम्रो फाइदा पु¥याउँछ । आँखा तथा छालालाई सुन्दर राख्छ ।
(नेपालमा पाइने सबै प्रजातिका सिस्नु सेवन गर्न मिल्छ । तर, पहाडी क्षेत्रमा पाइने बूढो र छिप्पिएको सिस्नु भने सेवन गर्नु कम लाभदायक हुन्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु फाइदाजनक हुन्छ ।)
(नयाँ पत्रिका दैनिकबाट)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>