वीरगञ्ज हेल्थ केयरमा चिकित्सकको लापरवाहीले युवतीको ज्यान गयो

What's This?


Download our app to get more features

पर्सा १३, मंसिर । बीरगञ्जको गण्डक स्थित बीरगञ्ज हेल्थ केयर हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण सोमबार विहान एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।

पाठेघरको समस्या देखिएपछि उपचारका लागि बीरगञ्ज हेल्थ केयर अस्पताल भर्ना भएकी रघुनाथपुर २ बाराकी २५ बर्षिय नजमुज नेसाको पाठेघरको अप्रेसन गर्दा आन्द्रा काटिएपछि मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेको मृतकका श्रीमान अहमत हुसेनले  बताए ।


पाठेघरको समस्या देखिएपछि उनलाई बीरगञ्ज हेल्थ केयर भर्ना गरिएको थियो भने उनको अप्रेसने अप्रेसन डा. अनामिका झाले गरेकी थिईन । एक पटकमा अप्रेसन सफल नभएपछि दोहोर्याएर अप्रेसन गरेको मृृतकका श्रीमान हुसेनले बताए । दोस्रो अप्रेसन पश्चात दिशा निस्कने आन्द्रा काटिएको आफुले थाहा पाएपछि डाक्टरलाई खबर गर्दा समेत समयमा डाक्टर उपस्थित नहु
दा मृत्युभएको अहेव हुसेनको आरोप छ । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । अप्रिय घटना घटन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी पर्साले जनाएको छ ।  घटना पछि अस्पतालका चिकिस्तकहरु क्षतिपूर्ति दिइ घटनालाई मिलाउन  आफन्तजनहरुलाई दवाव दिईरहेका बुझिएको छ ।

बीरगञ्ज क्षेत्रमा सञ्चालित अस्पताल, ल्याव, डाईग्नोष्टिक सेन्टरहरुमा नक्कली डाक्टरदेखि ल्यावका टेक्निसियन रहको समाचारहरु सञ्चार माध्यममा आईरहदा पनि सरोकारवाला, स्वास्थ्य कार्यालय तथा प्रशासनले चासो नदेखाएको स्थानीयको गुनासो छ । आस्पतालमा लापारबाही गर्ने डाक्टरलाई कारवाही नगरेसम्म शब नबुझ्ने मृतकका श्रीमान हुुसेनको अडान छ ।

Last modified on 2016-11-28 17:04:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts